Logo

Student Corner

सडक दुर्घटना

Written by: Sanjay Puri - 23058, Grade XII

Posted on: 30 January, 2023

सडक दुर्घटना भनेको सडक प्रयोगकर्ताका लागि हुने सबैभन्दा दुर्भाग्यपूर्ण कुरा हो । सडक दुर्घटना मानवका कमी कमजाेरीबाटै हुने एउटा ठुलाे समस्या हाे । सबैभन्दा लाजमर्दो कुरा यो हो कि हामीले सडकमा हाम्रा गल्तीहरूबाट पाठ सिक्दैनौँ । अधिकांश सडक प्रयोगकर्ताहरू सडक प्रयोग गर्दा ट्राफिक नियम र सुरक्षाका उपायहरूबारे राम्ररी सचेत छन् तर तिनीहरूको लापरवाहीका कारण सडक दुर्घटना दिनानुदिन बढ्दै गएको छ । सडक दुर्घटना हुनुका केही कारणहरू तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, चालकले ध्यान नदिने, रातो बत्तीमा अटेर गरी हाम फाल्ने, सिट बेल्ट र हेल्मेटजस्ता सुरक्षा उपकरणहरू नलगाउने, गलत तरिकाले ओभरटेक गर्ने जस्ता कारणहरूका कारण सडक दुर्घटना दिनानुदिन बढ्दै गएको छ । नेपालमा पैदलयात्रुहरूले गलत दिशाबाट  वा जहाँ पायाे त्यहीँबाट काट्दा पनि सडक दुर्घटनचा बढेका छन्।  
नेपालमा सडक दुर्घटनाका धेरै कारण भए पनि मुख्य कारण भनेकाे अव्यवस्थित सडक, अचेत यात्रु, चालकको लापरवाही र अव्यवस्थित ट्राफिक व्यवस्था पनि हुन् । सरकारी निकाय र सरोकारवाला निकायले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्, त्यसैले यो समस्याप्रति गम्भीर भएर व्यवस्थित ट्राफिक व्यवस्था र खाल्डाखुल्डी पुर्न, सडकको व्यवस्थापन जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ । पहाडी क्षेत्रहरूमा खुला वा फराकिलाे सडक निर्माणमा ध्यान दिनुपर्छ ।  
अहिले देशका मुख्य राजमार्गहरूकाे अवस्थासमेत चिन्ताजनक छ । सडक दुर्घटनाका कारण धेरै निर्दोषले यात्रुले ज्यान गुमाइरहेका छन् । सडक दुर्घटनाले पीडित परिवारलाई शारीरिक, आर्थिक र मानसिक असर पारिरहेकाे छ ।  सडक भनेकाे भाैतिक पूर्वाधारकाे स्राेत हाे । यसकाे सम्बन्ध हाम्राे विकाससँग जाेडिएकाे छ ।
नेपालमा हुने सडक दुर्घटनाको समस्या समाधान गर्न म केही सुझाव दिन चाहन्छु । सबैभन्दा पहिले, सम्बन्धित निकायले सडक प्रयोग गर्दा पालना गर्नुपर्ने सुरक्षा नियमहरूबारे मानिसहरूलाई सचेत गराउनुपर्छ । सडक पूर्वाधार विकासका लागि उच्च दक्ष इन्जिनियर र भरपर्दो कम्पनीलाई टेन्डर दिनुपर्छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न कडा कानुन बनाई लागु गर्नुपर्छ । ड्राइभ, लाइसेन्स छ वा छैन यसकाे कडा जाँच हुनुपर्छ । तीव्र गतिमा सवारी चलाउने सोच्नुअघि ताेकिएभन्दा बढी गतिमा सवारी चलाउनेलाई जरिवानाकाे व्यबस्था गर्नुपर्छ । यी रोकथामका उपायहरूसहितका कार्यले पक्कै पनि सडक दुर्घटनामा कमी ल्याउने छ ।