Logo

Student Corner

चाेट

Written by: Krituka Sapkota - 25005, Grade X

Posted on: 30 January, 2023

थाहा छैन कहाँ गल्ती थियाे मेराे
तिमीलाई विश्वाश गर्नु गल्ती थियाे कि ?
जिउँदाे मान्छेलाई लाश बनाई दियाै 
कहिले अघि बढ्ने न सक्ने गरी चाेट दियाै

सधैँभरि मनमा बिझ्ने चाेट दियाै
बिर्सनै नसक्ने घाउ लाएर गयाै
तिमीलाई आफ्नाे साेचेर विश्वास
गर्नु नै गल्ती थियाे ?

तिमीले दिएकाे चाेटले दिनदिनै मर्ने गर्छु 
अघि बढ्न खाेज्दा सधैँ खुट्टा तान्छ
त्याे घटना बिर्सन कति काेसिस गरेँ
पलपल त्यही भुमरीमा पारेर गयाै

कति रात राेएर बिताएँ
कति दिनहरू आफैँलाई दाेष दिएर बिताएँ
जीवनभरि आफैँलाई दाेष दिनु कि ?
याे चाेटलाई नै चाेट दिएर कसरी अघि बढूँ ?