Logo

Student Corner

खेलकुद सप्ताह

Written by: Praneesha Shrestha - 31017, Grade IV

Posted on: 30 January, 2023

मेरो विद्यालयमा खेलकुद सप्ताह असार ३१ गते सुरु भएको थियो । खेलकुदमा हामीले फुटसल,५० र १०० मिटर दौड, बाङ्गाेटिङ्गाे दौड, कपर्दी, डाेरी तान्ने आदि खेलहरू खेल्यौँ । खेलकुद सप्ताहमा चारवटा सदनहरू थिए । कर्णाली सदन, कोसी सदन महाकाली सदन र मेची सदन । धेरैजसो खेलहरूमा मैले भाग लिएकी थिएँ । धेरैजसाे खेलहरू कोसी सदनले जितेको थियो । खेल सप्ताहको अन्तिम दिनमा गुरुहरुले हामीलाई पदक तथा प्रमाणपत्रहरू दिनुभयो । मलाई खेलकुद सप्ताहमा भाग लिन धेरै मन पर्छ ।