Logo

Student Corner

प्रकृति

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 27 January, 2023

मैले जीवन सुखमय बनाउन 
प्रकृतिसँग केही लिएकाे छैन
तर,मैले प्रकृतिलाई संरक्षरण 
गर्न, पनि केही काम गरेकाे छैन

खुसीले मख्ख हुन्छ, मेराे मन 
जब,म पाउँछु प्रकृतिकाे छाया
मेराे हृदय हरपल भन्दछ,
खाेज्छु म प्रकृतिकाे माया

जन्मेदेखि प्रकृतिकाे काखमा 
हुर्केकाे मेराे सानाे ज्यान
प्रकृतिले नै मेराे मन र मस्तिष्कमा 
बढाउँदै लगेकाे छ ज्ञान

अधुराे छु म  प्रकृतिबिना 
अधुराे छैन मेराे जीवन
प्रकृतिकाे रक्षा गर्ने अधुरा,
सपना गर्छु म सधैँ पूरा