Logo

Student Corner

विद्यार्थी

Written by: Deena Thapa - 24019, Grade XI

Posted on: 27 January, 2023


वर्षाैँदेखि हामीले प्रयास गरेका छौँ
प्राप्त गर्नको लागि अद्भूत लक्ष्य,
सिकाइमा जीवन अघि बढाउँदै
सकेकाे कर्ममा रमाउँदै  हिँडिरहेछाैँ ।  

अन्ततः हामी लक्ष्य भेटाउने चाहनाले
हाम्रो उज्ज्वल भविष्यको कामनासहित
हाम्रो आकाङ्क्षाको लागि अझै धेरै माथिकाे
यात्रा तय गर्दै उडान त धेरै पाे भर्नु छ ।

जीवनको बाटो अगाडि बढ्छ,
अझै अज्ञात रूपका कर्महरूमा
पछ्याऔँ साथीहरू माथितिरका,
आशाका केही पलहरू बाेकेर उठाैँ ।

आफ्नो सिकाइलाई फराकिलो पारौँ,
हाम्रो ज्ञानको क्षमता बढाउन
हाम्राे मस्तिष्क सधैँ  काम गराेस् 
कर्मको प्रशंसा हाम्राे हात लागाेस् ।