Logo

Student Corner

सूचना र प्रविधि

Written by: Sushant Pokharel - 32020, Grade III

Posted on: 27 January, 2023

हालको समय सूचना र प्रविधिकाे युग हो । सूचना र प्रविधिमा हामीले धेरै साधनहरूको प्रयोग भएको पाउँछौँ । यी सूचना र प्रविधिका साधनहरूले संसारभर भइरहेका काम, त्यसका बारेमा जानकारी र घटिरहेका घटनाहरूको बारेमा क्षणभरमा नै सूचना प्राप्त गर्न सहयोग गर्दछ । सूचना प्रविधिका केही साधनहरू जस्तै ; रेडियो , टेलिभिजन, पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट, कम्प्युटर आदि । यी साधनहरूमध्ये मैले यहाँ टेलिभिजनका बारेमा छोटकरीमा वर्णन गरेकाे छु । टेलिभिजनलाई छाेटकरीमा टि.भी. पनि  भनिन्छ । यो अंग्रेजी शब्दको नेपाली भाषाको चलनचल्तीमा आएको शब्द हो । यो एउटा विद्युतीय उपकरण हो । यसकाे आकार र रङ फरक फरक हुन्छन् । यसमा एउटा तार हुन्छ । उक्त तारलाई विद्युतीय प्लगमा जाेडेपछि टि.भी. खाेल्न सकिन्छ । आजकलका टि.भी.मा केबल तारकाे माध्यमबाट तरङ्गकाे प्रसारण भई संकेतलाई टि.भी.सम्म पुऱ्याउँछ र  टि.भी. हेर्न र सुन्न सकिन्छ । टि.भी.मा समाचार सुन्न, हेर्न र विभिन्न मनाेरञ्‍जनका कार्यक्रमहरू हेर्न सकिन्छ जसबाट हामीलाई सूचना, ज्ञान र मनाेरञ्‍जन प्राप्त हुन्छ । आजकाे युगमा टेलिभिजन लगायत अन्य सूचना र प्रविधिसँग सम्बन्धित अन्य साधनहरू हाम्रा लागि आवश्यक मात्र नभइ अभिन्न अङ्ग जस्तै बनेका छन् ।