Logo

Student Corner

वैज्ञानिक उपकरणहरू

Written by: Purab Marahatta - 23034, Grade XII

Posted on: 26 January, 2023

विज्ञानको खोजलाई वैज्ञानिक खोज भनिन्छ । विभिन्न क्षेत्रहरूमा वैज्ञानिक आविष्कारका धेरै माध्यमहरू व्यापक रूपमा प्रयोग गरिन्छ । हामी तिनीहरूलाई विभिन्न उद्देश्यका लागि प्रयोग गर्छौँ । र  हामी मानिसहरूले हाम्रो दैनिक जीवनमा तिनीहरूलाई प्रयोग गर्छाैँ । हामी बिहान उठेदेखि नसुतेसम्म सम्मवैज्ञानिक आविष्कारका विभिन्न उपकरणकाे प्रयोग  गर्छाैँ । मानव जीवनमा वैज्ञानिक आविष्कारहरूले राम्रो र नराम्रो दुवै खाले प्रभाव पारेका छन् ।

यदि हामीले वैज्ञानिक उपकरणहरूलाई राम्ररी प्रयोग गरेमा निश्चित रूपमा हामीलाई तिनीहरूबाट धेरै फाइदा हुन्छ । हामीले विभिन्न वैज्ञानिक आविष्कारहरूको माध्यमबाट कुनै पनि काम सहज र राम्रोसँग गर्न सकेका छाैँ, जस्तै: हामीले पढेको अनलाइन कक्षा, अनलाइन कक्षा पढ्नको लागि चाहिएका उपकरणहरू सबै वैज्ञानिक आविष्कारहरू नै हुन् । वैज्ञानिक आविष्कारहरूको दुरूपयोग भएमा त्यसको दुरूपयोगले  विनाश निम्त्याउँछ । जस्तै: हामीले धेरैबेर मोबाइल चलायाैँ भने हाम्राे आँखा पाेल्ने, दुख्ने समस्या हुन्छ ।

वर्तमान समय मानव विकास विज्ञान र प्रविधिमा निर्भर छ । यदि वैज्ञानिक आविष्कारका साधनहरू सही रूपमा प्रयोग गरियो भने, तिनीहरूले हामीलाई राम्रो नतिजाहरू प्रदान गर्छन् र यदि तिनीहरू दुरूपयोग हुन्छन् भने, तिनीहरूले हामीलाई विनाश र खराब प्रभावहरू प्रदान गर्छन् । तसर्थ मानव सभ्यताको समृद्धिका लागि यिनको उचित सदुपयोग गर्नुपर्छ । मानव समाजको लागि वैज्ञानिक उपकरणको ज्यादै आवश्यकता पर्दछ वैज्ञानिक उपकरणविना मानव जीवन सहज र सरल हुन सक्दैन ।
वैज्ञानिक उपकरणहरूले  मानिसका हरेक कार्यलाई सहज र सरल बनाएकै कारण आज मानिस नयाँ नयाँ उपकरणकाे खाेजीमा लागिरहेका छन् । मानिसकाे जन्म, उपचारदेखि लिएर मानिसका  हरेक काममा यसले गर्ने सहयाेग साच्चीकै प्रशंसनीय नै छ । जुन आज मानिसका आवश्यकता नै बनेका छन् ।