Logo

Student Corner

सफल हुन चाहन्छु

Written by: Aarav B.C. - 25001, Grade X

Posted on: 26 January, 2023

म भित्रको यो भावना, म भित्र नै रहाेस् चाहन्न
मेरो छातीभित्र यो असफलताको अनुभूति,
मैले सक्दो प्रयास गरेँ,
तर, अहिलेसम्म म सफल हुन सकिन ।

घण्टौँ समय बिताएँ
र सक्दो प्रयास गरेँ
तर अन्तिम परीक्षामा हार खाएँ
यो भावना आफूबाट हटाउन चाहन्छु।

मेरो मनमा ठूलो प्रश्नचिह्न खडा भयाे, 
मैले सक्दो प्रयास गरिन र ?
के मैले फेरि अल्छि गरेँ ? 
यसैगरी सधैँ पराजित बनिरहूँ,

तर म फेरि सक्दो प्रयास गर्छु

यो भावनाले मेरो छातीमा छाप छोड्यो
म भित्रको अनुभूतिमा हराउन चाहन्छु
र हारमाथि जित ल्याउन चाहन्छु।

मेरो मभित्रको असफलताको अनुभूति 
म हटाउन चाहन्छु
मैले सक्दो प्रयास गरेँ
तर अहिलेसम्म सफल हुन सकिन
म सफल हुन चाहन्छु
म सफल हुन चाहन्छु।