Logo

Student Corner

तिहारमा मेराे घुमघाम

Written by: Raj Manandhar - 31023, Grade IV

Posted on: 26 January, 2023

हामीले लक्ष्मीपूजा एकदमै रमाइलो गरी मनायाैँ । यो वर्ष हाम्राे घरमा तिहारमा नहुने कुरा आमाले बताउनुभयो । त्यसैले हामी सबै परिवार घुम्न इलाम गयौँ । म बिहान सबेरै पाँच बजे उठेँ । हामी सबै परिवार सिन्धुलीको बाटो हुँदै इलामतिर लाग्याै । पहिलो रात हामी दमक भन्ने ठाउँमा बस्याैँ । बिहान सबेरै हामी दमकबाट झापाको अर्जुनधारा मन्दिर गयौँ । त्यसपछि हामी इलामको पाथिभरा मन्दिर गयौँ । मन्दिरबाट फर्किएर हामी कन्याम पुग्यौँ । कन्याम एकदमै रमाइलो ठाउँ थियो । त्यहाँ डाँडाभरि चियाका बगानहरू थिए । हामी श्रीअन्तुमा बास बस्यौँ । भाेलिपल्ट साँढेचार बजेतिर नै उठेर हामी सूर्योदय हेर्न माथि डाँडामा उक्लियौँ । श्रीअन्तु डाँडा नेपालको सबैभन्दा पहिले घामको किरण पर्ने ठाउँ हो । त्यहाँबाट हामी सर्लाहीको भरत तालमा गएर डुङ्गा सयर गर्‍याैँ । त्यस दिन हामी जनकपुरमा बास बस्यौँ । छठ भएको कारणले जनकपुरधाम एकदमै रमाइलो थियो । भोलिपल्ट बिहान हामी जनकपुरबाट हेटौँडा, कुलेखानी, मार्खु, चित्लाङ र चन्द्रागिरी हुँदै घर फर्कियौँ ।