Logo

Student Corner

जीवनको पाठ

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 25 January, 2023

रातको अध्याँरोमा
जुनकिरी बल्दछ जसरी 
रातको चिसोमा पनि
दृश्य अनेक देखाउँछ ।

गाह्रो परे नडराउनु
जीवनमा सफल हुनु 
प्रयास कहिल्यै न छोडी
अगाडि जहिल्यै  बढ्नु ।

कारण तिमी न खोज्नु
मद्दत जहिल्यै गर्नु
खुसी तिमी निम्त्याउनु
दु:ख अघि अटल हुनु ।

समयको मूल्य थाहा पाउनु 
काम पूरा गरी बस्नु
ईश्वरको पूजा गर्नु 
सबैको लागि धन्यवाद भन्नु ।