Logo

Student Corner

नारी शक्ति

Written by: Nupur Lamichhane - 24068, Grade XI

Posted on: 25 January, 2023

नारी शक्तिको खै बयान गरुँ कसाेरी ? 
अपार शक्तिकी नारीलाई हेरौँ।
नारीकै कोखबाट हामी जन्मियौँ
धर्ती माताको काखमा खेली हामी हुर्कियौँ ।

सुन्दरताकी खानी पनि उनी  
मोहित हुन्छ संसार नारी शक्ति भनी 
विद्या, बुद्धि भएकी सरस्वती पनि नारी
भगवती, लक्ष्मी देवी पनि उनै नारी ।

नारी नै आमा हाै तिमी जगत भरकी
पहिलो पाठशाला नै आमा तिमी
बिर्सिन सक्दैन कसैले आमाको मुहार 
नारी शक्ति नै हाे, सर्वस्व संसार ।


अनेक दुःख कष्ट बाधा सहेर
सहने शक्ति छ नारीमा तिमीमा ।
जोस र जाँगरले परिवार सम्हाल्छ्याै 
नारी तिमी महान् छ्याै कति ।