Logo

Student Corner

रङ

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 25 January, 2023

धेरै चिजहरू र सामानहरू बनेका छन् यिनका
भन्न सक्छौँ कि ,पुरै ब्रह्माण्ड नै यिनले बनाएका 
प्रत्येक रङले एक निश्चित अर्थ परिभाषित गर्छन्
हुँदैन बाँकी धर्ती जब ती रङहरू मर्छन् ।

रङहरू आएर हाम्रो जीवन रङ्गीन भएको 
यी रङ नभएमा हाम्रो जीवन हुँदैन रसिलो 
रङहरू कि सयओटाभन्दा धेरै छन् 
तर हाम्रो जीवनमा मात्रै रङ्को धेरै उपस्थिति हुन्छ ।

प्रत्यक रङ्ले एक भावनालाई चिनाउँछन् 
सबै रङहरू भनेका कुनै मानिसले मनपराउँछन् 
रङहरूले हाम्रो जीवनभर मदत गर्दछन् 
हाम्रा नराम्रा भावनाहरूसँग लड्दछन् ।

रङ्हरू भनेका हाम्रा जन्मदेखि मृत्युसम्म देख्छौँ 
रङहरूले गर्दा हाम्रो जीवन खुसीको साथ भर्छाैँ
जीवन भनेको रङ्गीन र खुसी हुनुपर्छ 
सुख र रङ्को साथ भरिनु पर्छ ।

प्रत्येक रङ्ले एक निश्चित अर्थ परिभाषित गर्छ 
हुँदैन बाँकी धर्ती जब रङ मर्छ 
रङहरूले हाम्रो जीवनभर मदत गर्दछन् 
हाम्रा नराम्रा भावनाहरूसँग लड्छन्