Logo

Student Corner

कम्प्युटर

Written by: Shivavnsh Rajbhandari - 32017, Grade III

Posted on: 25 January, 2023


कम्प्युटर एउटा विद्युतीय यन्त्र हो । यो हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । कम्प्युटर मानव जीवनका लागि अत्यन्त महत्त्वपूर्ण र उपयोगी साधन हो । आजको युग नै कम्प्युटर युग भइसकेको छ ।कम्प्युटरमा विद्युत जोडेपछि त्यो चल्न थाल्छ । कम्प्युटरमा मोनिटर. सि.पि.यु.,बोर्ड आदि जडान गरिएको हुन्छ । कम्प्युटरको सबैभन्दा मूल भाग सि.पि.यु. नै हो ।