Logo

Student Corner

म यस्तै छु

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 24 January, 2023

म यस्तै छु 
तिमी मलाई घमण्डी भन या 
जे सुकै भन वा नभन,
यो सहरका मान्छेहरूभन्दा अलिक भिन्न छु ।

कहिले गल्ती गर्छु,
कहिले त्यो गल्तीलाई सुधार्ने कोसिस गर्छु,
आफूलाई एक्लै सम्हाल्छु, 
एक्लैले एक्लेलाई सम्झाउँछु ।

कसैलाई मन नपर्ने मान्छे म , 
आफूलाई आफैँलाई मन पराउँछु
तिमीले मलाई जे भने नि, 
म यस्तै छु ।

तिमी किन सोध्छौ मलाई ?
आशा त होला कोहीसँग,
म कति भनूँ, आशा राख्छु भनेर ?
आशा पूरा होस् भनेर सोच्दिँन,
चाहे कोही गुनासो किन नगरोस् 
हरकोहीसँग मिल्न नसक्ने अनि
मिल्नेहरूलाई भुल्न पनि  नसक्ने
म यस्तै छु ।

म दिनभन्दा  रातलाई मन पराउँछु,
भिडभन्दा एकान्तमा हराउँछु  
कतिसम्म सफल हुन्छु, 
त्यो त भविष्यले बताउला  ।

संसारमाथि दृष्टि छर्न, 
आफ्नै बत्ती बालेकी छु 
हो, म यस्तै छु । 
जे छु सबैभन्दा ठिक छु, 
म जे छु सबैभन्दा ठिक छु ।