Logo

Student Corner

चराे

Written by: Angel Dhimal - 25002, Grade X

Posted on: 24 January, 2023

आमाले रुदै लगाइदिएकाे टिकाे
बहिनीले आफ्नाे हातले उनेकाे माला
लगाएर घरबाट हिडेका मेरा पाइला
कहिले फर्किन्छन्,निधाे नभएकाे म 


उडेँ आफ्नाे देश छाेडी 
मनमा केही गर्छु कि भन्ठानी
दुख्याे याे मन र राेए ती आँखा 
छाेडेर जाँदा याे आफ्नाे मन


साथीभाइ परिवार छाेडेर 
जान कसलाई लाग्छ र मन
कति हाे कति सपना त्यागी,
आफ्नाे शिरबाट हटाउन रिन


नजाऊँ भने पनि रिनकाे भारले दिएन
फर्केर छिट्टै आऊँ भने जागिरले मानेन
आखिर एउटा चरा भएर उडेकाे म 
पिँजडामा कैदी भएर बन्द भएँ म