Logo

Student Corner

खेलकुद सप्ताह

Written by: Aayan Rai - 31006, Grade IV

Posted on: 24 January, 2023

हाम्रो स्कुलमा हरेक वर्ष खेलकुद सप्ताह आयाेजना गरिन्छ । खेलकुदमा कोसी, कर्णाली, मेची र महाकाली सदनहरूबाट एकअर्कासँग विभिन्न खेलमा प्रतिस्पर्धा गराइन्छ । यस वर्षको खेलकुद सप्ताहमा हामीले डाेरी तान्ने, चम्चा दाैड, लुगा लगाउने, बेलुन फुटाउने आदि खेलहरूमा प्रतिस्पर्धा गर्‍याैँ । सबै खेलहरू चुनौतिपूर्ण हुनुका साथै रमाइला पनि थिए । मलाई चाहिँ कपर्दी खेल्दा धेरै रमाइलो लाग्यो । बिजेता प्रतिस्पर्धीहरूले प्रमाणपत्र तथा पदक पाए । खेलकुद सप्ताहमा खेलिएका खेलहरूले हामीलाई अनुशासित भई एकताबद्ध रुपमा काम गर्न सिकाएको छ । अब अर्को वर्षको खेल सप्ताह कहिले आउँछ भनेर म एकदमै उत्साहित भएर पर्खिरहेको छु ।