Logo

Student Corner

मैले मामाघरमा देखेका कुराहरू

Written by: Aashutosh Kafle - 33026, Grade II

Posted on: 24 January, 2023

 मेरो मामाघरको आँगनभन्दा तल सानो बारी थियाे । बारीमा सुन्तलाको सानो बाेट थियाे । बोटमा लगभग ४०/ ५० दाना सुन्तलाहरू फलेका रहेछन् । बारीमा कागतीका बोट थियाे । बोटमा कागतीहरू पनि फलेका थिए । बुबाले कागती टिप्नुभयो । हामीले पानीपुरी बनाएर खायाैँ । बारीमा अम्बाको बोट पनि थिए । बोटमा अम्बा त लटरम्मै फलेका रहेछन् । हामीले पनि अम्बा खायाैँ । बारीमा मेवाका बोटहरू थिए । बोटमा साना मेवाहरू फलेका रहेछन् तर पाकेका रहेनछन् । बारीमा दुईवटा निबुवाका बोटहरू थिए । कस्तो अचम्म एउटा बोटमा त एउटा मात्रै दाना र अर्को बोटमा चाहिँ लटरम्मै दानाहरू थिए । बारीमा लाैका पनि रहेछन् । झाङमा दुईवटा लौका फलेका रहेछन् । हामीले लौकाको तरकारी खायौँ । गोठदेखि तलको बारीमा किम्बुको रुख थियाे । किम्बुको रुखमा करेलाकाे झाल रहेछ । करेला टन्नै फलेका रहेछन् । बुबाले किम्बुको रुखमा चढेर करेला टिप्नुभयो । बुबाले करेला टिपेर भुईँमा फाल्नुभयो मैले त्यसलाई बाेरामा हालेँ । टिपेका करेला लगभग एक किलाेे भएछन् । बुबाले करेला टिप्दा मलाई एकदमै डर लागेको थियो । मैले बुबालाई रुखबाट पटकपटक ओर्लनुहाेस् भने । बारीमा इसकुस पनि थिए तर फलेका थिएनन् । बारीमा भन्टाका बोट पनि थिए । भन्टा धेरै फलेका थिए । आमाले भन्टा टिप्नुभयो । हामीले भन्टाको तरकारी खायौँ । यसरी मैले मामाघरमा धेरै कुराहरू देखेँ ।