Logo

Student Corner

पृथ्वीको वर्तमान अवस्था

Written by: Shreejan Ghimire - 24038, Grade XI

Posted on: 23 January, 2023

मानिसलगायतका प्राणीहरूकाे बासस्थान रहेकाे ग्रह पृथ्वीको अवस्था अहिले नाजुक बन्दै गइरहेकाे छ । वायु, जल, ध्वनि प्रदूषण, प्राकृतिक बासस्थानको क्षय, बढ्दाे विश्वव्यापी तापमान, जनावरहरू लोप हुँदै जाने आदिका कारण दिनप्रतिदिन पृथ्वीको अवस्था अहिले खराब हुँदै गइरहेको छ । दुई महिना अगाडि मैले टिकटकमा देखेको थिएँ कि प्रदूषणका कारण ग्लोबल वार्मिङले पृथ्वीको अवस्था झनै नाजुक बन्दै छ । वैज्ञानिकहरूले पनि यसबारे अनुसन्धान गरेका थिए । अहिले पृथ्वीको अवस्था नाजुक बन्दै गएकाे छ ।  “अहिले पृथ्वीको अवस्था साँच्चै खराब र दिनप्रतिदिन बिग्रँदै गएको यो यथार्थ हो । पृथ्वीलाई खराब हुनबाट रोक्नु हामी सबैकाे कर्तव्य हाे । पानी, बिजुलीको बचत,रुख काटनुभन्दा बढी रुख रोप्ने, वायु प्रदूषण, जल प्रदूषण आदिका कारण यस पृथ्वीको अन्त्य हुँदै गइरहेको छ ।  

मेरो विचारमा मानिस आफैँ यसकाे मुख्य समस्या हो ।  मानिसहरूले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् र यसलाई मजाकको रूपमा सोचिरहेका छन्, मानिसहरूले भावी पुस्ताका लागि ठाेस कदम चाल्न थाल्नुपर्छ । हामी नागरिक मात्र नभएर, सरकार पनि यस्ता कुरामा गम्भीर भएर लाग्नुपर्छ । हामीले पनि कोठाबाट बाहिर निस्कँदा बत्ती निभाउने, पानी कम प्रयोग गर्ने जस्ता सानातिना काम गरेर पनि पृथ्वी बचाउन थाल्नुपर्छ ।  त्यसैले हामीसँग अझै पनि समय र आशा छ यस पृथ्वीलाई बचाउन हामी सबै  मानिस र सरकार एकजुट भएर सावधानी अपनाउनुपर्छ ।  हामी सबैलाई थाहा छ कि अहिले रुस र युक्रेनबिच युद्ध चलिरहेको छ, हामीले यसलाई रोक्न दुवै देशको सरकारले पृथ्वीको अवस्थालाई बुझ्न र होसियारीसाथ सोच्नुपर्दछ किनकि विश्वव्यापी तापमान वृद्धि हुनुमा युद्ध कारण बन्छ ।
युद्धमा प्रयाेग हुने विभिन्न रसायन र गाेला बम बारूदका कारण पृथ्वीमा तापमान बढ्दै जान्छ । युद्धमा उनीहरूले धेरै परमाणु हतियारहरू प्रयोग गर्छन् । बम जसले पृथ्वीमा धेरै विनाश निम्त्याउँछ। पृथ्वीलाई राम्रो ठाउँ र स्वस्थ स्थान बनाउनको लागि विश्वमा शान्ति चाहिन्छ । हाम्रो भावी पुस्ताले यो सुन्दर पृथ्वीमा बस्न सकून् र हामी यो समस्या समाधान गर्न सक्छौँ ।  त्यसैले हामी सजग बनाैँ र पृथ्वीलाई बचाऔँ ।