Logo

Student Corner

तीन दिदीबहिनी

Written by: Pritha Khanal - 30022, Grade V

Posted on: 23 January, 2023

कुनै समय तीन जना दिदीबहिनी थिए । तिनीहरूकाे नाम रोज, लिली र लुना थियो । उनीहरूलाई विभिन्न ठाउँ घुम्न मन लाग्थ्यो । एक पटक उनीहरू आफ्ना आमाबुबालाई नभनी कुनै ठाउँ खोज्न गए । उनीहरूका अभिभावकहरू तुरुन्तै आएर प्रहरीलाई सम्पर्क गरे। भाग्यवश उनीहरू भर्खरै फर्किरहेका थिए र बाटोमा आफ्ना आमाबुबालाई भेटाए । उनीहरू हिउँदको बिदामा पोखरा जाँदै थिए । लिली र लुना डराएका थिए तर बन्जी गर्न चाहन्थे जबकि रोजले चाहिनन् र बन्जी गर्न डराए । तीन जना दिदीबहिनीहरूले आफ्ना शिक्षकहरूलाई जाडो बिदामा के गर्ने भनेर बताए। शिक्षकले उनीहरूलाई बन्जी गर्न खतरनाक छ र उनीहरू बन्जी गर्न कम उमेरका छन् भने। तर लिली र लुनाले बरु आफ्नी बहिनीलाई जबरजस्ती गर्न खोजे। उनीहरूले सुरु गरे यात्रा साढे ६ बजे माइक्रो भ्यानमा चढेर पोखरा नजिकैको होटलमा पुगे, जसको नाम रुपाकोट होटल थियो । उनीहरू एक दिन मात्र बसे तापनि होटल धेरै मन पर्यो। उनीहरूले फेरि माइक्रो भ्यानमा बसेर यात्रा सुरु गरे । यसपटक उनीहरू पोखरा पुगेका थिए तर सडक महोत्सवका कारण होटल पुगेका थिएनन् । त्यसैले उनीहरू होटलतिर लागे । यसको नाम गोल्डेन गेट होटल थियो। दिदीबहिनीलाई मन नपरेको उनीहरूकाे कुराबाट थाहा पाउँन सकिन्छ। बाथरुम फोहोर थियाे, ओछ्यान बनाइएको थिएन । तर कोठा परिवर्तन गरेपछि ओछ्यान नरम भयाे, तर बाथरुम अझै खराब थियो । बहिनी आफ्नो कोठाबाट बाहिर निस्किइन् र एउटा दृष्य देखिन् । उनीहरूका अभिभावकहरूलाई उनीहरूले जान सक्छौँ ? भनेर सोधे उनीहरूले भने हुन्छ । पार्कको नाम पोखरा डिज्नी पार्क थियो र उनीहरू बेलुका खाना खान गए र भोलिपल्ट बिहानको खाजा भने त्यति खराब थिएन। तिनीहरूले रोटी, जाम र अण्डा खाए । उनीहरू फर्कने बाटोतिर लागे तर बाटोमा बन्दीपुर पुग्दा बाेबा र चिया पिए । एउटी दिदी अरू दुई दिदीबहिनीले पिए तर बोबा राम्रो भएन तैपनि मन पिए । खाना खाएर घर फर्किए उनीहरू १२ बजे घर पुगे। यो कुरा पनि थाहा भयो कि अभिभावकले बन्जी खेल्न रद्द गरे।