Logo

Student Corner

मोबाइल

Written by: Nirvik Gurung - 32022, Grade III

Posted on: 23 January, 2023

मोबाइल एउटा सूचना प्रविधिको उत्कृष्ट साधन हो । यो तार रहित सेलुलर नेटवर्कमा आधारित प्रविधि हो । मोबाइलकाे प्रमुख काम एउटा मोबाइलबाट अर्को मोबाइलमा कुरा गर्ने हो तर नयाँ नयाँ प्रविधि र इन्टरनेटको विकाससँगै अहिले मोबाइल कुरा गर्न, खेल खेल्न, भिडियाे हेर्न, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्‍जाल चलाएर सूचना र मनोरञ्‍जन लिन सक्छौँ । मोबाइलका धेरै फाइदा र बेफाइदा हुन्छन् । मोबाइलका फाइदाहरू मोबाइलबाट देशविदेशका मानिसहरूसँग कुरा गर्न सक्छौँ । मोबाइलबाट देश-विदेशका समाचार र सूचना तुरुन्तै पाउन सक्छौँ । मोबाइलबाट खेल खेल्न र भिडियो हेरी मनोरञ्‍जन लिन सक्छौँ । माेबाइबाट विभिन्‍न सामानहरू बेचेर पैसा पनि कमाउन सक्छाैँ । माेबाइलका बेफाइदाहरू माेबाइल धेरै समय प्रयाेग गर्नाले विभिन्‍न स्वास्थ्य समस्याहरू आउन सक्छन् ।