Logo

Student Corner

शास्त्रीय सङ्गीत

Written by: Arpan Acharya - 23010, Grade XII

Posted on: 20 January, 2023

यस भारतवर्षमा धेरै पहिलेदेखि नै सङ्गीत, नृत्य, नाटकजस्ता कलाहरूले मानव सभ्यतामा मन्त्रमुग्धताको लहर लिएर आएको हो । यिनै कलाहरूको विकासमा जन्मिएको विधा हो, भारतीय शास्त्रीय सङ्गीत ।  कोलकाता विश्वविद्यालयको एक अध्ययनअनुसार छैटौँ शताब्दीमा भारतीय शास्त्रीय सङ्गीतको प्रारम्भिक ऐतिहासिक अवधिका प्रमाणहरू पाइएका छन् । मुगल राज्यमा साेही सङ्गीतको विधा दुई थप परम्परामा विभाजित भयो । दक्षिण भारतीय अभिव्यक्ति शास्त्रीय सङ्गीतलाई कर्नाटक र उत्तर भारतीय शास्त्रीय सङ्गीतलाई हिन्दुस्तानी भनेर चिनिन थाल्याे ।

भारतीय शास्त्रीय सङ्गीत विशेष र भिन्न खालकाे छ । हिन्दु धर्मका वैदिक ग्रन्थहरूमा यसको उल्लेखले यो सङ्गीतलाई थप पवित्र बनाएकाे छ । भारतीय शास्त्रीय सङ्गीतका अनेक विशेषताहरूमध्ये राग भारतीय सङ्गीतको केन्द्र बिन्दु हो । मेलोडिक मोडहरू जहाँ साङ्गीतिक स्वरहरू पूर्वनिर्धारित ढाँचाहरूमा गरिएका छन् । विभिन्न रागहरूमा स्वरहरूको विभिन्न संयोजनहरू प्रयोग गरिन्छ । यहाँ परिमार्जन र रचनात्मकताको ढोका सदा खुलै हुन्छ । प्रत्येक राग वा रागिनी एक विशिष्ट भावना वा मनोवृत्तिसँग जोडिएको हुन्छ, जुन प्रकृतिले मानिसहरूमा नयाँ र आनन्दकाे महसुस गराउँछ । ऋतुमा आधारित केही रागहरू छन्, वसन्त र बहरा, गौड मल्हार र मियाँ मल्हार ।  ऋतुसँगै दिन र रात मिलेर २४ घण्टे समयसँग पनि जोडिएको छ । दिन वा रातको समय र राग वा रागिनीहरू बिचको यो सम्बन्ध हाम्रो आफ्नै शरीर र दिमागमा हुने परिवर्तनहरूको दैनिक चक्रमा आधारित छ । भारतीय शास्त्रीय सङ्गीतमा, रागहरूले विशिष्ट भावनाहरू जगाएका  छन् । जसले गर्दा भारतीय शास्त्रीय सङ्गीत विश्वकै अनुपम बनेकाे छ । विभिन्न देव देवीका स्तुति र नृत्य मनमाेहक छन् । यी रागहरूले मनलाई प्रफुल्ल पार्ने गरेका छन् ।  
हाम्रो सभ्यता कति महान् थियो र छ पनि । हिन्दुस्तानी शास्त्रीयसङ्गीत पूर्वेली संस्कृतिअन्तर्गत दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीयसङ्गीत हो । नेपालमा पनि शास्त्रीय सङ्गीत शताब्दियौँदेखि चलिआएकाे हाे । पुस्तौँदेखि चलिआएको हिसाबले हामी यसलाई हाम्रो देशको पनि कला सम्पदाको रूपमा पनि लिन्छौँ ।