Logo

Student Corner

साथी

Written by: Sohana Ale Magar - 25016, Grade X

Posted on: 20 January, 2023

साेचेकाे पनि थिएन 
यति लामाे समयसम्म साथ दिन्छाै भन्ने
जीवनमा आँधीबेरी आए पनि 
कहिल्यै साथ छाेडेनाै

सुख र दःख सबैमा साथ दियाै 
मलाई एक मानिस भएकाे देख्याै 
खराब बाटाेमा कहिले हिँड्न दिएनाै 
मेराे एक सहारा बन्याै तिमी

तिमी मसँगै हुने बेलामा सधैँ
खुसी व्यक्त गर्न नै सक्दिनँ
सधैँ आड भराेसा भएर साथ दियाै ‍
म अन्धाेकाे आँखा भएर हिँड्याै 
सानै हुँदा आएकाे तिमी मेराे काखमा
अहिले कस्ताे भयाै थाहा छैन
मानिसले गर्नेभन्दा पनि 
माथि उठेर निःस्वार्थ माया गर्‍याै
एउटा कुकुर भए पनि 
सधैँ साथी भइदियाै ।