Logo

Student Corner

खेलकुद सप्ताह

Written by: Sambhabi Mainali - 31037, Grade IV

Posted on: 20 January, 2023

मेरो विद्यालयमा खेलकुद सप्ताह भएको थियो । उक्त कार्यक्रममा मैले विभिन्न प्रकारका खेलहरू खेल्न पाएँ । मैले नयाँ-नयाँ खेलहरूमा भाग लिएँ । मलाई सबै खेलहरू खेल्न मज्जा आयो । हामी साथीहरू मिलेर फुटबल, दौड, चम्चा दौड, बाङ्गाेटिङ्गाे दाैड, लुगा फेर्ने आदि धेरै खेलहरू खेल्याैँ । हाम्रो कर्णाली सदन भएकोले धेरैजसो खेल कर्णाली सदनले जितेको थियो । मैले दुईवटा खेलमा जितेँ  । मैले प्रमाणपत्र र पदक पनि पाएँ । खेलकुद सप्ताहमा मलाई धेरै रमाइलो भयो । त्यतिबेला हाम्रा कक्षाहरू पनि भएनन् । हामीले बिहानदेखि बेलुकासम्म खेल मात्र खेल्यौँ ।