Logo

Student Corner

मलाई मन पर्ने पुस्तक

Written by: Tejaswi Basnet - 33048, Grade II

Posted on: 20 January, 2023

मलाइ मन पर्ने पुस्तकको नाम ‘माछासँग घुमघाम’ हाे । यस कथामा एउटा केटा हुन्छ । उनका बुबाले माछा मार्ने काम गर्छन् । एक दिन उसले माछा मार्दा एउटा सानो बुचाे माछा भेट्टाएर घर लग्छन् । त्यो माछालाई तिउनमा हाल्न भनेर श्रीमतीलाई भन्छन् । तर छोराले त्यो माछा मार्नु हुँदैन । म याे माछा पाल्छु भन्छ । माछाले आफ्नो नाम जलवीर बताउँछ । जलवीर समुद्रमा बस्ने रहेछ । समुद्रमा नै खानेकुराहरू खाँदाे रहेछ । केटाले सपनामा माछासँग घुमेर धेरै ठाउँहरूमा पुगेको देख्यो । उसले सपनामा माछाले आफूलाई छोडेर गएको कुरा पनि  देख्याे । यस्ताे सपनाले ऊ धेरै तर्सन पुग्छ ।