Logo

Student Corner

नेपालमा मनाउने केही चाड पर्वहरू

Written by: Yunil Ghimire - 24050, Grade XI

Posted on: 19 January, 2023

नेपाल एउटा यस्तो मुलुक हो जहाँ धेरै धार्मिक आस्थाका भएका मानिसहरूकाे बसाेबास छ । नेपालमा बसाेबास गर्ने मानिसहरूले सबै धर्मलाई समानताका साथ हेर्छन् । सबै जातजातिका आआफ्नै रीतिरिवाज र परम्परा र मान्यताहरू रहेका छन् । सबै धर्म मान्ने मानिसहरूका  आआफ्ना चाडपर्वहरू छन् । नेपालीहरूसँगै बसेर एक अर्काका चाडपर्वहरू रमाइलो गरी मनाउँछन् । 
हिन्दु धर्मावलम्बीहरूकाे सबैभन्दा ठुलाे र महान् चाड भनेकाे दसैँ हाे ।  त्यसपछिकाे अर्काे ठुलाे चाड भनेकाे तिहार हाे । यी दुवै चाड नेपालभर र केही नेपालबाहिर बस्ने नेपालीले पनि मनाउँछन् । धेरैजसो नेपालीहरूले निकै हर्ष र उल्लासका साथ यी चाड मनाउँछन् । सबै परिवार एकै ठाउँमा भेला भएर सँगै रमाइलो गरी मनाउने गरिन्छ । यी चाडमा हामी चङ्गा पनि उडाउँछाैँ । यसैगरी बुद्ध जयन्ती बौद्ध धर्म मान्ने मानिसहरूको ठुलो चाड हो । यस दिन बौद्धधर्मावलम्बीहरूले बुद्ध जन्मेको दिनमा लुम्बिनीमा गई पूजा गर्ने गर्छन् । यसदिन बौद्धधर्मावलम्बीहरू गुम्बामा गई मानिसहरू बुद्धप्रति आदरभाव देखाउँछन् ।

यसरी नै क्रिस्चियन धर्म मान्ने मानिसहरूले क्रिसमस मनाउँछन् । क्रिसमस मुख्य गरी जिसस क्राइस्टको जन्मदिन मनाउने पर्व हो ।  यसमा मानिसहरू चर्चमा गई यसुलाई सम्झन्छन् । प्रार्थना गर्छन् । उनीहरू घरमा गएर परिवारसँग बसेर रमाइलो पनि गर्छन् । एक अर्कासँग उपहार साटासाट गर्ने गर्छन् ।

यस्तै माघे सङ्क्रान्ति अर्काे महत्त्वपूर्ण चाड हाे ।  थारू वा चाैधरी जातिमा यो प्रचलित चाड हाे । थारू जातिका मानसहरू माघे सङ्क्रान्तिलाई नयाँ वर्षकाे रूपमा मनाउँछन् । उनीहरू याे चाडलाई माघी नामले चिन्ने गर्छन् । याे चाडबाट जाडाेकाे अन्त्य र गर्मीकाे सुरूवात हुने भनेर मानिन्छ । यस्तै साकेला, उभाैली, उधाैली, हाेली, फागु पूर्णिमा,ल्हाेसार, इदलगायतका चाड नेपालमा मनाउने गरिन्छ । यी चाडपर्वहरू हाम्रा सम्पत्ति हुन् र यिनीहरूकाे संरक्षण गर्नु हाम्राे दायित्व हाे ।