Logo

Student Corner

मोबाइल

Written by: Rabi Harsha Adhikari - 32013, Grade III

Posted on: 19 January, 2023

मोबाइल भनेको सञ्‍चार माध्यम हो । यसको सञ्‍चालन ब्याट्री , सीम तथा कम्पनीको स्वीकृतिपछि हुन्छ । यसको प्रयोगले समाचार सुन्न र हेर्न पाइन्छ । यसको आकार सानो हुन्छ । खल्तीमा बोकेर पनि हिँड्न सकिने सञ्चारको माध्यम नै मोबाइल हो । मोबाइलमा धेरै किसिमका सूचना प्रविधिहरू हुन्छन् । यस्ता विभिन्न सूचनाहरू जस्तै फाेटाे आदानप्रदान , कुराकानी, बैङ्किङ काराेबार,  हिसाबकिताब,  समाजिक सञ्जाल तथा विभिन्न डाटाहरू प्रयोग गर्न सक्छौँ । मोबाइल फोन हालको समयमा सबैभन्दा धेरै प्रयोग हुने सञ्चार साधन हो । मोबाइल फोनको धेरै प्रयोग गर्नाले आँखा दुख्ने, रिस उठ्ने, टाउको दुख्ने र पढ्न मन नलाग्‍ने हुन्छ । यसकाे प्रयाेग आवश्यक मात्रामा मात्र गर्नुपर्छ ।