Logo

Student Corner

दसैँ

Written by: Suruchi Bimali - 34026, Grade I

Posted on: 19 January, 2023

दसैँ पर्व नेपालकाे सबैभन्दा ठुलाे चाड हाे । दसैँमा धेरै रमाइलाे भयाे । दसैँमा मेराे आमा बाबाले टीका र जमरा ल्याइदिनुभयाे । दसैँमा म मामाघर गएँ । मामाघरमा मामा, माइजू र हजुरआमाले टीका र जमरा लाइदिनुभयाे । दसैँमा हामी मेला पनि गयाैँ । मेला बजारमा रमाइलाे भयाे । मैले पिङ खेलेँ । हामी पाथीभरा मन्दिर गयाैँ । हामीले पाथीभरा माताकाे पूजा गऱ्याैँ । अनि कन्याम र फिक्कल घुम्‍न गयाैँ । यसरी दसैँकाे अनुभव रमाइलाे भयाे ।