Logo

Student Corner

नमेटिने याद

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 18 January, 2023

कसैलाई याद गर्न वा मनमा राख्न, 
कहाँ त्यति सजिलो छ र ?
मनमा  अनेक भावना अनि 
अनि आएका तितामीठा सम्झना,

सायद कसैसँग नभेटेको भए, 
सायद  केही घटना नभएको भए
मनमा घृणा नै घृणाको भाव जगाउँदा पनि
यादहरू आउँदैनथे होला ।

यो याद मलाई  भ्रम जस्तो लाग्छ 
तर, कहिलेकाहीँ भ्रममा हुँदा पनि केही क्षण 
कति आनन्ददायी हुने रहेछ 
के उसको याद मेरा लागि भ्रम हो त ? 
आफूले आफैँलाई सम्झाए  फेरि उही प्रश्न ।

शब्दले व्यक्त नगरी तिमी र मेरो नाता 
रातो रङ्ग र रगतभन्दा, 
पनि गाढा कति बेला बन्नपुग्यो 
त्यो त हामी दुईले थाहा पाउन सकेनौँ 
अहिले,
जब जब यादले आँशु तिल्पिलाउँछ, 
तब तब म ती कुरा सम्झेर 
मनलाई शीतलता दिने कोसिस गर्छु  ।
जीवनको यादबाट कोल्टो फेर्न चाहान्छु 
तर, खै सक्दिन .
त्यसैले 
मेरो जीवनको  ऋतुजस्तै सुन्दर 
याद थियो त्यो  र सधैँ हुनेछ।