Logo

Student Corner

खाना

Written by: Bikash Chaudhary - 24061, Grade XI

Posted on: 17 January, 2023

खाना हाम्राे जीवन 
खाना  हाम्राे मरण
खाना नै हाे अमृत 
खाना नै देवता 
खानाविना छैन हाम्राे भविष्य
खाना मै अडेकाे छ संसार

कति खानकाे लागि बाँचे, 
कति खानाका लागि बाँच्दै छन् ।
काेही बाँचेर खाँदै छन्,
काेही बाँच्नका लागि खाँदै छन् ।

काेही खाएर गए,
काेही खान आउँदै छन् ।
केही बाँडेर खाँदै छन्,
काेही  खाएर बचेकाे बाँड्दै छन् ।


काेही खाएर अपच भएका छन्,
काेही खान नपाएर राेएका छन्  ।
खानकै लागि सम्बन्ध जाेडेका छन्,
खानकै लागि सम्बन्ध ताेडेका छन् ।

काेही साथीहरूसँग खान्छन् ,
काेही परिवारसँग बसेर खान्छन ।
खाने समयमा सबैको सम्बन्ध छ,
खानाले सबैकाे सम्बन्ध बढाएकाे छ । 

खाना फरक भए पनि
सम्बन्ध जाेडेकाे छ ।
खाना एउटै भए पनि
सम्बन्ध ताेडेकाे छ ।