Logo

Student Corner

मलाई प्रिय छ निन्द्रा

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 16 January, 2023

सायद विज्ञानको कमजोर पक्ष भनेकै 
यसले प्रायः ‘किन’ को उत्तर दिन सकेको छैन  
त्यसले म किन  धेरै सुत्छु भन्ने 
प्रश्नको उत्तर पनि दिन सकेकाे छैन 
निन्द्रा मेरो प्रिय साथी भयो 
तर यो  साथी मेरो  कसरी भयो ?

आजभोलि आनन्दको निद्रा लाग्छ 
शरीर पनि ठिक हुँदै गएको छ
सायद सबै ठिक हुँदै छ  अचेल
याे अनुभव तन मन र दिमागले सोचिरहन्छ 
तर 
के धेरै सुत्न्नु राम्रो हो त् ?
अश्य हाेइन 
निदाएका बेला छुटेका हजारौँ काम सोचेर 
पछुतो लागेको पललाई सम्झिएँ 
अनि लाग्याे अब चाहिँ म  सुत्दिनँ 
तर क गर्नु मलाई मेरो प्यारो 
निद्राले बोलाइहाल्छ ।

निद्रा  पूरा भयो भने सहजको औषधी 
यदि पुगेन भने याे विष हो 
के शक्ति मिल्ला त निन्द्रा नै नभए 
निन्द्रा नै सुख हो सबथाेक पुगिसरी
निद्रा  प्यार  हो  हजारौँको 
निद्रामै देखिन्छन् हजाराैँ
सुखका सपना ।

आखिर जति भने पनि निद्रा त निद्रा हो 
त्यसैले 
आफू मस्त सुतिन्छ
खित्का छाडेर हाँसिन्छ।
सुते  पनि नसुते पनि  काम गर्नै छ
त्यसैले सुतेरै  गरिन्छ, सुतेरै  मरिन्छ 
प्रिय निद्रा  ! म तिमीबाट टाढिने छैन ।