Logo

Student Corner

मनकाे बाघ

Written by: Pradnesh Singh Basnet - 27015, Grade VIII

Posted on: 16 January, 2023

रात परिसकेको थियो । सबै जना आ आफ्ना घरतिर लागिसकेपछि अमन पनि आफ्नो घरतिर लाग्यो। अमर र सक्षम एकदम मिल्ने साथी थिए। उनीहरू प्रायजसो कामसँगै गर्थे । उनीहरूकाे घर पनि सँगसँगै थियो ।

एक दिन खेल्दाखेल्दै रात परिसकेको थियो । घर जान अबेर भएकाले उनीहरू डराएका थिए। घरमा गाली पो खाइने हो कि भनेर । उनीहरू जाने बाटोमा एउटा खोला थियो । त्यो खोला उनीहरूको घर नजिकको थियो। उनीहरू बस्ने ठाउँमा निकै मानिसहरू बस्दैन थिए। त्यो एकदम सुनसान ठाउँ थियो । कसैले के गर्ने पनि थाहा हुँदैन थियो । त्यही भएर त्यहाँ राति हिड्न मानिसहरू डराउथे । कति भूत प्रेत हो भनेर डराउँथे त कति नराम्रो आत्मा हो भनेर। रातिको ७ बजेसम्ममा सबै जना घर पुगिसक्थे । आज साढे ७ हुन लागेको थियो। त्यसैले अमन र सक्षम निकै डराएका थिए । मलाई पो केही हुने हो कि भनेर गएँ।

अरू केही उपाय पनि थिएन। खेल्दाखेल्दै समय गएको पत्तो पनि भएन । घर जाने अरू कुनै बाटो पनि थिएन । अब घर नगई भएन भनेर त्यही बाटोतिर लागे । अगाडि जाँदै गर्दा कुकुरहरू भुकेको आवाज आयो । “बाटाे त निकै डरलाग्दाे भइसकेछ अब कसरी घर पुग्ने हाेला” मैले उनीहरूसँग भनेँ ।  त्यो खोला नजिक जाँदा खेरि कसैले बोलाएजस्तो लाग्यो । यताउति हेर्दा खेरि कोही थिएन । “आहाे! कस्ताे डरलाग्दाे भएकाे हाेला” म  झन् डरले काम्न थालेँ। “अब के गर्ने होला” उनीहरूले भन्न थाले । जतिसक्दो छिटो कुद्न खोजे। अगाडि कुदेर पुगेपछि उनीहरू केहीसँग ठोक्किएर लागेजस्तो लाग्यो । त्यहाँ उनीहरूले एउटा लास देखे ।दुवैजना निकै डराए। कुद्दै भाग्न थाले। अमन हस्याङ्फस्याङ् गर्न थाल्यो।सक्षमले उनलाई बोलायो ।”अब तिमी ठीक त छौ।” यो सबै त मनको भ्रम रहेछ। “अँ मलाई बच्चैदेखि अँध्यारोको डर लाग्ने भएर?”  उनी यो सोच्दै रहेछन् ।