Logo

Student Corner

जालझेल

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 13 January, 2023

राम दिनभरिकाे थकाइपछि घर फर्कदै थियो । उसले आफ्नाे कार्यालयकाे काम पूरा गरिसकेको थियाे । भोलिबाट ​​बिदा सुरु हुने भएकाले एकदमै राम्रो मुडमा थियाे । तर, ऊ अचानक झस्कियाे । आफ्नो घरतिर जाने गल्लीमा हिँड्दै थियाे । उसले त्यहाँ दुई जना मानिस उभिरहेको देख्यो । भुइँमा एउटा मानिस हाे, या लाश हाे पल्टिरहेकाे थियो । त्याे देखेर राम त्यहाँबाट भाग्न थाल्याे ।  उसले देखेको कुरा वास्तविक थियो वा थिएन ? त्याे कुरा उसले साेच्न नै भ्याएन । या त्याे परिस्थितिलाई सामना गर्न सकिन्थ्याे कि ? ती कुनै पनि कुराकाे विचार नगरी ऊ एकाेहाेराे भाग्न थाल्याे ।  एकछिनपछि त टाउकामा चाेट लागेकाे जस्ताे भयाे । खुट्टा चल्न छाेडे । आँखाले कालाेबाहेक केही देखेन । ऊ केही घण्टापछि मात्र हाेसमा आयाे । उसले आफूलाई अँध्यारो कोठाकाे कुर्सीमा बाँधिएको अवस्थामा पायाे ।  टाउको कपडाले बाँधिएको थियो । टाउकोमा लागेकाे चाेटले गर्दा हाेला असह्य पीडा भइरहेकाे थियाे । दुईजना मानिसहरू एकआपसमा कुरा गरिरहेका थिए । तिनीहरूले याद गरेनन् वा कुनै चाल नै पाएनन् त्यहाँ भएका सबै हाेसमा आइसकेका थिए । रामले बिस्तारै टाउकाे घुमाएर हेर्‍याे । उसले कोठाको कुनामा एकजना मानिस सुतिरहेको देख्यो । ऊ त्यही व्यक्ति थियो, जसलाई उसले पहिले मरेको ठानेको थियो । त्यो मानिस अझै जिउँदै रहेछ भन्ने कुराकाे चाल पायाे । रामले अझै पनि यहाँ के हुँदैछ भन्ने कुरा बुझ्न सकेन । टाउको दुखाइले उसलाई झन् अफ्ट्याराे पारिरहेकाे थियाे । जब टाउको घुम्न र दुख्न कम  भयो, त्यसपछि कोठा चलिरहेको जस्ताे पाे महसुस गर्यो । बिस्तारै ऊ कुनै गाडीमा रहेछु भन्ने भान भयाे ।

उसले गाडीबाट बाहिर निस्कने योजना सोच्न थाल्याे । केही समयपछि गाडी रोकियो । ती मानिसहरू बाहिर बाहिर गए । रामले आफूलाई बाँधेकाे डोरीबाट मुक्त पाउन डाेरी  काट्नको लागि लाइटर प्रयोग गर्यो र अर्को व्यक्तिसँग मिलेर अपहरणकर्ताहरूको चङ्गुलबाट बाहिर निस्कने योजना बनायाे । जब तिनीहरूले गेट खोल्न थाले । त्यो त बन्द थियो । तिनीहरू कहाँ छन् भनेर पत्ता लगाउन प्रयास गरे तर गर्न सकेनन् । अपहरणकारी आउँदासम्म राम र अर्काे व्यक्ति पनि चक्कु र अन्य साधन लिएर तयारी अवस्थामा बसेका थिए । त्यसपछि जब अपहरणकारीहरू फर्किए तिनीहरूले निदाएको नाटक गरे र रामसँग चक्कु थियो र अर्काेकाे एक हातमा लाइटर र अर्काे हातमा बालुवा जस्तो केही थियो । जब अपहरणकारीहरूले आफूहरू सुरक्षित छाैँ र तिनीहरू आफ्नो हतियारबाट टाढा छन् भनेर सहज महसुस गरे । रामले भर्खरै ब्युँझेको जस्तो नाटक गर्‍यो । केही समयपछि त्याे व्यक्तिले अपहरणकर्ताको अनुहारमा बालुवा जस्ताेले हान्याे । रामले पनि उनीहरूमाथि चक्कु प्रहार गर्यो र उनीहरूले त्याे गाडीबाट हाम फाले । हाम फालेर नजिकै रहेकाे ट्रकभित्र पसे तर त्याे  ट्रकमा राम र त्याे अर्काे व्यक्तिले पहिला ने प्रेटाेल फालेका थिए । अपहरणकारी ट्रकमा पस्ने बित्तिकै त्याे व्यक्तिले आगाे सहितकाे लाइटर फालेर ट्रक ध्वस्त नै बनायाे । स्थानीयले सहयोग गरेकाले उनीहरू त्यहाँबाट सकुशल बाहिर निस्किन सफल भए । तर त्याे अर्काे व्यक्ति भाग्न सफल भयाे । रामलाई फेरि उनीहरूले समात्याे । रामले पछि मात्र थाहा पायाे । त्याे भागेकाे व्यक्ति नै वास्तविक अपराधी रहेछ । उसले मारेका व्यक्ति सरकारी अधिकारीहरू थिए । अपहरणकारी भनेका व्यक्ति त प्रहरी पाे रहेछन् । अहिले त्याे अपराधी व्यक्तिलाई सहयाेग गरेकाे आराेपमा गल्ती नगर्दा पनि राम दाेषी देखियाे । वास्तविक कुरा नबुझ्दा रामले खालि दुःख पायाे ।