Logo

Student Corner

गुफा

Written by: Ambira Pradhan - 24009, Grade XI

Posted on: 13 January, 2023

नेपाली संस्कृतिमा विविधता छ । याे देश नेपालमा विभिन्न जातजातिका मानिसहरू बसाेबास गर्छन् । समाजिक सा‌ँस्कृतिक हिसाबले फरक भए तापनि विविधतामा एकता नै हाम्राे पहिचान हाे । यहाँ विभिन्न संस्कृतिहरू रहेका छन् । विविध संस्कृतिहरूमध्ये नेवारी संस्कृति एक हो । नेवारी संस्कृतिभित्र पनि धेरै विभिन्न  कुराहरू छन् । तीमध्ये गुफा पनि एक हाे  ।  
नेवारी परम्पराअनुसार केटीहरू तीन पल्ट विवाह गर्छन् । पहिलो जसमा बेलसँग विवाह गरिन्छ । यसलाई बेल विवाह पनि भनिन्छ । यसम लगभग ६ देखि ९ वर्षको उमेरको बाल बालिकाको विवाह बेलसँग हुन्छ । दोस्रो नेवारी भाषामा बारा अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भनिन्छ । यसमा सूर्यसँग विवाह गरिन्छ । लगभग बेल विवाहपछि गरिन्छ । यी दुवै बालिकाहरूको रजोधर्म हुनभन्दा अगाडि गरिन्छ । तेस्रो विवाह चाहिँ  लोग्ने मान्छेसँग / केटासँग गरिन्छ ।

गुफा लगभग १२ दिनसम्म राखिन्छ । यसमा केटीलाई  सूर्य भगवान्सँग विवाह गराइन्छ ।  यसको नाम जस्तै गुफामा  केटीलाई अँध्यारो कोठामा राखेको हुन्छ । केटीहरूलाई सूर्य र  पुरुषहरू हेर्न अनुमति हुँदैन र ऐनामा पनि  हेर्न पनि हेर्न हुँदैन ।  पहिलो ६  दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने गरिन्छ । गुफा बसेको बालिकाले आफूले केही कुरा खानुभन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ ।
गुफा राखेको बेला "कों" (पाउडर) जुन चाहिँ सुन्तलाको बोक्राबाट बनाएको कुरा हो जुन सबै महिलाहरूले आफनो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्छन् । १२ औँ दिनमा गुफा बस्ने बालिकालाई राम्ररी  श्रृङ्गार गरेर घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्ने गरिन्छ । त्यसपछि बुज गरिन्छ र सूर्य भगवान्सँग विवाह हुन्छ ।  
मेरो आफ्नै गुफा म कक्षा ५ हुँदा राखेको थियो ।  मसँगै मेरी बहिनीको पनि गुफा राखेको थियो । मेरो गुफा चाही ६ दिनसम्म मात्र राखेर त्यसपछि निकालियाे ।  गुफा राख्दा एकदम रमाइलो भयो । मेरी बहिनी भएकाले होला अझै रमाइलो भयो । हाम्रो गुफामा एउटा कुटिनी बुढीको चित्र पनि राखेको थियो । गुफामा सबै जना आएर रमाइलो भयो र हामीहरू मज्जाले नाच गान गरी रमाइलो गर्यैँ ।  बहिनीका साथीहरू पनि  रमाइलो गरे ।  गुफा निकाल्ने दिन पनि रमाइलो भएकाे थियो । यसैगरी म र मेरी बहिनीको गुफा राखियो।