Logo

Student Corner

पर्यटन र नेपाल

Written by: Biplov Jung Khadka - 23017, Grade XII

Posted on: 12 January, 2023

नेपालको मुख्य आर्थिक स्रोत भनेकाे विदेशी मुद्रा र पर्यटन उद्योग हो । नेपाल पर्यटनका लागि विश्वकै उत्कृष्ट मुलुकमध्ये एक हाे ।  संसारका दश उच्चतम हिमाल नेपालमा छ । नेपाल पर्वतारोहीहरू प्रमुख गन्तव्यस्थल हो । विविध धार्मिक स्थलहरू, मानिसहरू र सांस्कृतिक भौगोलिक तथा वातवरणीय विविधता नेपालका महत्त्वपूर्ण आकर्षणहरू हुन । सर एडमण्ड हिलारी र तेन्जिङ नाेर्गे शेर्पाले सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । नेपालको पर्यटन इतिहास त्यतिबेलादेखि नै सुरू भएको थियो । नेपालमा बेला बेलामा हुने राजनीतिक अस्थिरताले पर्यटनमा केही बाधा पुग्ने गरेकाे छ । राजनीतिक स्थिरता भएको ठाउँमा विकास एवं शान्ति हुन्छ । पर्यटनका लागि त्यो अनुकूल वातावरण हुन जान हुन्छ । अहिले विश्वव्यापी रूपमा पर्यटन व्यवसाय फैलिएको छ । कुनै पनि देशकाे राजनीति राम्राे भएन भने पर्यटन व्यवसाय फस्टाउन सक्दैन । विश्वव्यापी रूपमा फैलिएकाे काेराेना कहरका कारण थलिएकाे पर्यटन व्यवसाय अहिले बिस्तारै चलायमान हुन थालेकाे  छ । 
जबसम्म पर्यटन व्यवसाय फस्टाउन सक्दैन तबसम्म नेपाली अर्थतन्त्र बलियाे हुन सक्दैन ।  सरकारले पर्यटन योजना तर्जुमा गरी यसकाे विकास र बिस्तार गर्नुपर्छ । मुलुकको पर्यटन प्रवर्द्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई आकर्षित गरी स्वदेशमा भित्र्याउन सकिन्छ । त्यसका लागि सञ्चार माध्यमले पनि विशेष भूमिका निर्वाह गर्न सक्छ । हाल संसारभरिकै लागि पर्यटन उद्योग सबैभन्दा ठुलो व्यवसायका रूपमा परिणत भइसकेको छ । पर्यटनको महत्त्वका कारण अहिले नेपालजस्ताे पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बाेकेकाे देशका लागि यसकाे महत्त्व झनै बढी छ । यसले धार्मिक सहिष्णुता र प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह गरेको छ ।

नेपालमा भएका उत्कृष्ट, अतुलनीय र विश्व प्रसिद्ध पर्यटकीय सम्पदाहरू, तीर्थस्थलहरू,  सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् जातीय, विविधताहरू, अनेकतामा एकता लगायतका अन्य थुप्रै साहसिक गतिविधिका सम्भावनाहरू छन् । आर्थिक सम्वृद्धिको विकास हासिल गर्नमा पर्यटन उद्योगले महत्त्वपूर्ण योगदान गर्न सक्छ ।