Logo

Student Corner

सङ्गीतकार अम्बर गुरुङ

Written by: Nishan Shrestha - 25008, Grade X

Posted on: 12 January, 2023

सङ्गीतकार तथा गायक अम्बर गुरुङको जन्म वि.सं. १९९४ साल फागुन १४ गते (२६ फेब्रुअरी १९३८) दार्जिलिङमा भएको थियो । पिता उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्र गुरुङकाे पुर्ख्याैली घर गोरखाकाे रिसिङ भए पनि उनकाे बाल्यकाल भारतको दार्जिलिङमा बित्याे र पछि सन् १९६९ मा काठमाडौं सरे । अम्बर गुरुङ आधुनिक नेपाली गीतका एक चर्चित सङ्गीतकार हुन् । उनका दुई दाजुभाइ, एक दिदी छन् । उनका बुबाले उनलाई सशस्त्र सेनामा भर्ती गरून् भन्ने चाहन्थे, तर उनको सानैदेखि सङ्गीतमा रुचि थियो। त्यसैले उनकी आमाले उनलाई बाल्यकालमा गीत गाउन र सङ्गीत सिक्न प्रोत्साहन गर्नुभयाे । उनले भारतीय शास्त्रीय बाजा र पश्चिमी बाजाहरू बजाउन सिक्नुभयाे । उनले प्राय सबै बाजाहरू जस्तैः  भायोलिन, पियानो, गिटार, मन्डोलिन, तबला र अन्य धेरै बाजाहरू बजाउन सिक्नुभयाे । सन् १९५० को दशकमा अम्बर गुरुङले दार्जिलिङमा द आर्ट एकेडेमी अफ म्युजिक नामक सङ्गीत संस्थान खोलेका थिए। उनले टर्नबुल स्कुल, दार्जिलिङमा अध्ययन गरे । जहाँ उनी बाइबल भजन गाउने सङ्गीतको प्रेममा परेका थिए । उनले सङ्गीत निर्देशकको रूपमा रही नेपाली सङ्गीत क्षेत्रलाई करिब ३० वर्षसम्म सेवा गरे ।  सङ्गीतकार गुरुङले काेलकातामा पहिलाेपटक सन् १९६१ मा अगमसिंह गिरीले लेख्नुभएकाे गीत ‘नौ लाख तारा’ रेकर्ड गर्नुभएकाे थियाे । याे गीत एक हप्तामै पाँच सय प्रति बिक्री भएका थिए । याे गीतले नेपाल र भारत दुवै देशमा तरङ्ग मच्चाएको थियो । याे गीतलाई भारत विराेधी भन्दै त्याे समयमा अल इन्डिया रेडियाेमा प्रतिबन्धित भएकाे थियाे । उनले नारायण गोपाल, गोपाल योञ्जन, कर्मा योञ्जन, रणजित गजमेर, जितेन्द्र बर्देवालगायतका गीतबाट प्रेरणा पाएका थिए । पश्चिम बंगाल सरकारले उनलाई सन् १९६२ मा लोक मनोरञ्जन स्टेशनमा जागिरको प्रस्ताव गरेकाे थियाे । पछि उनी १९६७ मा प्रतिष्ठित डा. ग्राहम होम्स स्कुलमा सङ्गीत  शिक्षकको रूपमा काम गरे । गुरुङले सन् १९६५ मा जागिर त्यागे र सन् १९६८ मा राजा महेन्द्रले नेपालमा स्थायी रूपमा बस्न र नेपाल प्रज्ञा-प्रतिष्ठानको सङ्गीत विभागको अध्यक्षता गर्न अनुराेध गर्दा त्याे प्रस्तावलाई स्वीकार गरेर उनी नेपालमा आएर बसे । गुरुङले फुटकर गीतका साथै धेरै एल्बम पनि रेकर्ड गरिसकेका छन् । उनले धेरै सङ्गीत, र वृत्तचित्र र फिचर फिल्महरूको लागि सङ्गीत पनि बनाएका छन् । सन् २००७ मा अम्बर गुरुङलाई नेपाल सरकारले नेपालको नयाँ राष्ट्रिय गानको लागि  सङ्गीत  रचना गर्न अनुराेध गरेको थियो । उनले नेपालकाे राष्ट्रिय गान सयाैँ थुंगा फूलका हामी……काे सङ्गीतकारकाे रूपमा परिचित छन् । उनले सङ्गीत विभागको नेतृत्व गरेका थिए र नेपाली सङ्गीतलाई समृद्ध बनाउने काम गरेका थिए । नेपाल सङ्गीत तथा रंगमञ्च प्रतिष्ठानको कुलपतिका रूपमा पनि काम गरेका थिए । सङ्गीतको अनुसन्धानमा साथै अर्केस्ट्राको विकासमा आफ्नो ऊर्जा खर्च गरेका थिए । उनका छोराहरू पनि आफ्नो बुबाबाट प्रेरित भएर सङ्गीतमा लागेका छन् । गुरुङले बेलायत, अमेरिका, हङकङ, जापान, फिलिपिन्स, चीन, मलेसिया, स्पेनलगायतका देशमा पनि आफ्नो प्रस्तुति दिएका छन् । नेपाली सङ्गीतलाई अतुलनीय याेगदान दिने गुरुङलाई महासङ्गीतकारका रूपमा घाेषणा गरियाे, त्यस्तै नेपाली भाषा र साहित्यकाे विकास गरेबापत वि.सं. २०२४ सालकाे जगदम्बाश्री पुरस्कार, गाेरखा दक्षिणबाहु (२०२८), इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार आदि विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित भएका छन् । सङ्गीतमा नै आफूलाई समर्पण गरी नेपाली सङ्गीतकाे बादसाहकाे परिचय बनाएका अम्बर गुरुङकाे निधन वि.सं. २०७३/०२/२५ गते भएकाे हाे । उनकाे निधनले नेपाली सङ्गीत क्षेत्रमा अपूरणीय क्षति भएकाे छ ।