Logo

Student Corner

छोरा र छोरीहरू

Written by: Riti Niraula - 27029, Grade VIII

Posted on: 12 January, 2023

“छाेरा भनेर धेरै पुल्पुल्यायाैँ आखिर उनीहरूले आज ठाडाे शिर पारेर हिड्न दिएनन् ।” बुवाआमा दुवैजना निकै चिन्तित थिए । 
सुमन र रोशनीको दुवैपट्टि सहमतिमा धुमधामसँग  विवाह भयो। उनीहरूकाे काठमाडौँमा राम्रो घर थियो । दुवै जना राम्रो पढेका पनि थिए। उनीहरूकाे  विवाहको एक वर्ष पछि  परिवारको इच्छा वा दबाबले गर्दा बच्चा जन्माउने निधो गरे।

उनीहरूले गर्नु पर्ने गरे अनि नौ महिना बच्चा नजन्मेसम्म आमा र बच्चालाई पुरै परिवार र बुढाले धेरै माया र मदत गरे। आमा बच्चालाई चाहिने हरेक सामान उपलब्ध गराए। नौ महिनापछि बच्चा जन्मियो। अस्पतालमा नर्स निस्कने बित्तिकै सबैले सोधे "हाम्रो छोरा भयो कि छोरी ?" नर्सले खुसीका साथ हजुरहरूकाे  घरमा लक्ष्मीले जन्म लिएकी छिन्  भनेर छोरी ल्याएर दिए। यो खबर सुनेर बुबा धेरै खुसी भए अनि छोरीसँग खेल्न थाले। तर अरू भने धेरै खुसी देखेनन् ।

सबैलाई छोरा चाहिएको थियो। सबैले "छोराले नै वंश धान्ने हो" भने। उनीहरूले आफ्नो कर्तव्य त निभाए तर मनबाट माया भने छोरीलाई धेरै गरेनन् । आमा बुबा शिक्षित हुनाले छोरा छोरी दुवैलाई सम्मान दिन्थे। केही समयपछि छोरी एक दुई वर्ष भएपछि फेरि घरको दबाबले अर्को बच्चालाई जन्म दिए। यस पटक पनि पहिले झैँ भयो । यस पटक त परिवारले बुहारी भने,  “याे नै अलक्षिनी हाे, खालि छाेरी मात्र पाउछे ।”  यसरी आराेप लगाउँदै हेप्न थाले।
बुबा आमा भने धेरै खुसी थिए र अझै बच्चा चाहिँदैन भन्थे । परिवारले यस पटक भने छोरीलाई माया पनि गरेनन् । तेस्रो पटक पनि परिवारले गर्दा बच्चा जन्माए। यसपालि भने छोरो जन्मियो। छोरो जन्मिएर सबैजना धेरै खुसी भए। छोरोलाई हरेक सुविधा दिइयो।

छोरोलाई राम्रो महँगो विद्यालयमा पढाइयो। हरेक सानो कुराको पनि कमी गरिएन तर अर्को तर्फ छोरीहरूलाई सरकारी विद्यालयमा पढाइयो। केही चाहिएमा पर्दैन भनियो। छोरीहरूलाई त खाना, सरकारी विद्यालय, सुत्न ठाउँ र वर्षको दुई जोडी कपडामात्र दिइएको थियो।

परीक्षामा छोरीहरू सधैँ राम्रो परिणाम ल्याउथे तर छोरा  कनी कनी पास हुन्थ्यो। यसरी  नै समय बित्त्दै गयो र केही वर्षपछि छोरा रक्सी चुरोटको कुलतमा फस्यो। त्यति हुँदा पनि परिवार्ले केही भनेनन् । छोरीहरूमध्ये एक राम्रो गायिका बनिन्  भने अर्की चर्चित कलाकार बनिन् ।

दिदी भाइ त एक अर्कालाई नचिन्ने झै थिए । भाइ टीका समेत लगाउन मान्दैन थिए। आफ्नी दिदीहरूको प्रगति देखेर भाइले आफ्नै दिदीहरूको नराम्रो सोच्यो।  आफूभन्दा राम्रो काम गर्यो भन्दै भाइ झन् कुलतमा फस्दै गयो। पछि त झन् पैसाको लागि चोरी समेत गर्न थालेपछि प्रहरीकोमा पुग्यो।

परिवारले छोरालाइ सुधार केन्द्रमा हाले अनि आफ्नो छोरीहरूमाथि धेरै नराम्रो लाग्यो। छोरा छोरा भने छोरीलाइ हामीले कति हेप्याैँ भनेर पछुताे माने ।  अन्त्यमा यी छोरी हरूले नै हामीलाई सबै माझ चिनाए र धेरै पुल्पुलाएको छोरोले येस्तो देखायो।