Logo

Student Corner

मलाई मन परेकाे किताब

Written by: Praneesha Shrestha - 31017, Grade IV

Posted on: 12 January, 2023

मलाई किताबहरू पढ्न धेरै मन पर्छ । त्यसमध्ये मलाई कथाका किताबहरू पढ्न अझै धेरै मन पर्छ । मैले पहिले नै पढेको किताब ‘काेला जसले सक्छ’ भन्ने  किताब मलाई धेरै मन परेको किताब हो । यस कथामा एउटा केबिन नाम गरेको काेला  हुन्छ । उसले तीनवटा मात्र कामहरू गर्थ्यो . उसका कामहरू थिएः रुखमा झुण्डिने, रुखमै निदाउने र रुखकाे पातका झुप्पा चपाउने । केभिन राजा पनि थियो । केही नगरिकन बस्ने राजाहरूको राजा थियो । केभिनलाई गीत गाउन मन पर्थ्यो । उसलाई लाग्थ्यो रुखमुनि चाैर छ, त्यहाँ जानु भनेको धेरै ठुलो काम गर्नु हो । उसले त्यो गर्न सक्दैन भन्ने उसको मनमा थियो । साथीहरूले उसलाई खेल्न ‘तल आऊ’ भन्दा ऊ मान्दैनथ्याे ।  जब उसका साथीहरूले गफ गरेको देख्यो उसलाई तल जान मन लाग्थ्यो । उसका साथीहरूले भन्थे “हामी तिमीलाई समाउँछाैँ”  तर केभिन डराएर मान्दैनथ्याे । त्यसपछि एक दिन रुख ढल्यो । रुख ढालेपछि केभिन तल चौरमा पुग्यो उसलाई रमाइलो लाग्यो ।  साथीहरूसँग चौरमा खेल्न धेरै मज्जा हुँदो रहेछ । त्यसबेलादेखि ऊ साथीहरूसँग सधैँ बस्न र सँगै खेल्न थाल्याे ।