Logo

Student Corner

आफ्नो बारेमा

Written by: Manavi Devkota - 33011, Grade II

Posted on: 12 January, 2023

मेरो नाम मानवी देवकोटा हो । म दुई कक्षामा पढ्छु । म चाबहिलमा बस्छु । मेरो मन पर्ने रङ रातो, निलो र गुलाबी हो । मेरो मन पर्ने खाना मःम र सलाद हो । मलाई माछा र पुतली मन पर्छ । म सात वर्षकी भएँ । मेरो स्कुलको नाम सिफल स्कुल हो । म कक्षामा सबैसँग मिलेर पढ्छु र खेल्छु । मेरा मिल्ने साथीका नाम काश्‍वी र आर्जु हुन् ।  मलाई लेख्‍न धेरै मन पर्छ । मलाई कार्टुन हेर्न मन पर्छ । मैले धेरै कथाका किताबहरू पढिसकेकी छु । मलाई मन परेको किताब चङ्गा चैट र सेतो राजहाँस आदि हुन् । मलाई मन पर्ने फूल कमल, गुलाब र चमेली आदि हुन् । मेरो घर ठूलो छ । मेरो घरमा एउटी बहिनी छिन् ।