Logo

Student Corner

मानसिक स्वास्थ्य

Written by: Yawat Malla - 24049, Grade XI

Posted on: 11 January, 2023

मानिस प्रकृतिको सबैभन्दा सुन्दर रचना हो । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने मानिसको शरीरको संरचना निकै जटिल छ । हेर्दा सामान्य देखिने मानिसको शरीर बडो अचम्मको छ । मानिसको शरीरमा हानिकारक कीटाणुसँग लड्ने क्षमता हुन्छ | यो प्रकृतिको वरदान र सिर्जना मानिसको कल्पनाभन्दा बाहिर हुन्छ । मानिसको शरीरमा कुनै घाउ वा चोटपटक लागेमा हाम्रो शरीरमा भएको प्रतिरक्षा प्रणाली शरीर जोगाउनातिर लाग्छ । यस्तो जटिलता बोकेको शरीर पनि दुर्घटना र रोगहरूबाट मुक्त हुन भने सक्दैन । त्यसैले शरीरको राम्रो हेरचाह गर्न जरूरी छ ।
धेरै मानिसहरूमा शारीरिक रोगसँग बाँच्नका लागि चेतना भए पनि मानसिक रोगहरूबाट बच्नका लागि चेतना कमै हुन्छ वा हुँदैनभन्दा पनि हुन्छ । मानिसको शारीरिक स्वास्थ्य जति महत्त्वपूर्ण हुन्छ मानसिक स्वास्थ्य पनि त्यतिकै महत्त्वपूर्ण हुनुपर्छ । मानसिक स्वाथ्य राम्रो भए मात्रै शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । अधिकांश हामी नेपालीले यो कुरामा ध्यान दिएको पाइँदैन । विशेष गरी युवा र किशोर किशोरीहरू मानसिक स्वास्थ्यको सिकार भएका र हुने गरेको कुरा विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएका छन् । यो भनेको मानसिक चेतनाको कमी हो । मानिसका हरेक सोच विचार व्यवहार राम्रो हुनका लागि मानसिक स्वास्थ्य स्वस्थ हुनुपर्छ । मानसिक स्वास्थ्य सबल छ भने मात्रै मानिसका हरेक कार्यहरू राम्रा हुन्छन् । त्यसैले मानसिक रोगहरूबाट बच्नुपर्छ । चिन्ता, डिप्रेसन, एन्जाइन्टी, अनिद्राजस्ता समस्याहरू मानसिक स्वास्थ्यका लक्षणहरू हुन् । यी समस्याहरूबाट बच्नका लागि मानिसमा चेतना हुनु जरूरी छ । 
हामीले हाम्रो मन मस्तिष्क स्वस्थ राख्नको लागि हाम्रो जीवनशैली लगायत अन्य कुराहरूमा परिवर्तन गर्नु जरूरी छ । शारीरिक स्वास्थ्य जस्तै महत्त्वपूर्ण भएको मानसिक स्वास्थ्यमा पनि हामीले खेलवाड गर्नु

हुँदैन । एकल परिवार र व्यस्त जीवनशैलीका कारण मानिसमा देखिने यस्ता समस्यालाई हल गर्न थोरै भए पनि समय निकालेर परिवारसँग समय बिताउने, साथीहरूसँग बेला बेलामा मनोरञ्जन गर्ने, बेला बेलामा नयाँ नयाँ ठाउँमा घुम्न जाने, समयमै सुत्ने उठ्ने र समयमै खाने आदि कुराहरूमा ध्यान दिनुपर्छ ।