Logo

Student Corner

क्षति

Written by: Yalam Dev Pradhan - 23014, Grade VII

Posted on: 11 January, 2023

म घरमा बसिरहेको थिएँ। मेरो बुवा, म, मेरो दाइ र मेरी आमा एउटै कोठामा बसिरहेका थियौँ। मेरो हजुरबा र हजुरआमा सुतिराख्नु भएकाे थियाे ।  म अल्छी लागेर बाहिर गएको थिएँ। त्यति बेला म एकछिनको लागि बाहिर गएर आएको थिएँ । जानै लागेको बेलामा दमकलको आवाज आयो । १ घन्टा जतिमा आवाज रोकियो। 
मैले सोधेँ “त्यो दम्कल को आवाज होइन र ?बुवाले भन्नुभयो, “हो दम्कलको नै आवाज हो।”
आमाले भन्नुभयो “कता आगो लाग्यो होला त ?” हामी सबैले थाहा छैन भन्यौँ। दमकलको आवाज धेरै नजिक भएकोले आवाज धेरै ठुलो थियो। त्यो आवाजले गर्दा मेरी हजुरआमा र हजुरबा पनि उठ्नुभएछ। उहाँहरू कोठाबात बाहिर आउनुभयो। हामीलाई सोध्नुभयो,”के भएको भख्कर?” हामिले दमकल आएको भन्यौँ। कता आएको भन्नुभयो।हामीले भन्याैँ,  “थाहा छैन” । भोलिपल्ट म बाहिर जान्छु भनेँ। भोलिपल्ट म बाहिर निस्केँ । बाहिर गएर म यता उता हिँडेँ । म बाहिर भएको बेलामा म हिजो आगो लागेको ठाउँमा  पुगेँ। कता लाग्याे होला ? भनेर यताउता चियाउन थालेँ । आगाे त लुगा पसलमा पाे लागेकाे रहेछ । माेबाइल धेरैबेरसम्म फचार्ज गरेर छाेडेकाे कारणले त्यही माेबाइल पड्केर आगाे लागेकाेकुरा त्यहाँका मान्छेबाट सुनेेँ ।  मैले हेर्दाखेरि लुगा सबै जलेर धुलो बनिसकेको थियो। म केहि पनि नगरेर हिडेँ । त्यसपछि विद्युतीय उपकरण चार्ज गरेर कतै हिड्न हुने रहेनछ भन्ने कुरा मैले साे घटनाबाट बुझेँ ।