Logo

Student Corner

महिनावारी

Written by: Sherab Wongbu Sherpa - 30049, Grade V

Posted on: 11 January, 2023

महिनावारी भनेको केटीहरूको याैन अङ्गबाट बग्ने
रगतकाे मासिक प्रक्रिया हाे  | महिनावारी कति वर्षमा सुरु हुन्छ भनेर ठाक्कै भन्न सकिने अवस्था हुँदैन । 
यो महिनावारी महिनाको १ पटक हुन्छ र  ७ दिनसम्म रगत बग्ने हुन सक्छ । महिनावारी हुँदा पेट दुख्ने,खाना धेरै खान मन नलाग्ने,,टाउको दुख्ने आदि हुन सक्छ । कुनै कुनै ठाउँमा मान्छेहरूले महिनावारीको
रगत फोहोर मान्छन् | त्यही भएर मान्छेहरूले केटीहरूलाई गोठमा सुताउने गरेकाे पनि पाइन्छ । त्यहाँ बिच्छी,सर्प र
अरू जङ्गली जनावरहरूले टोक्ने डर हुन्छ । फोहोरले गर्दा संक्रमण भएर बिरामी हुन
सकिन्छ । मानिसहरूले केटीहरूलाई भान्सा कोठामा जान नदिने, सुत्ने कोठा र पूजाकोठामा जान दिँदैनन् ।
महिनावारीको बेलामा सरसफाइ,आराम र पोसिलो खाने कुराको जरुरी हुन्छ । यी कुरामा ध्यान पुर्‍याइएन भने बिरामी भइन्छ । त्यही भएर हामीले याद गर्नुपर्छ र साथी,भाइ,दिदिलाई भन्नुपर्छ ।