Logo

Student Corner

माेबाइल

Written by: Ruhjen Jung Khadka - 32014, Grade III

Posted on: 11 January, 2023

अहिलेकाे समयमा माेबाइल फाेन मानिसहरूका लागि नभइनहुने यन्त्र भइसकेकाे छ । याे एउटा विद्युतीय यन्त्र हाे । माेबाइल एउटा मनाेरञ्‍जनकाे लागि उपयाेग हुने यन्त्र पनि हाे । माेबाइल फाेन मार्फत विभिन्‍न कुराहरू गर्न सकिन्छ । जस्तै ः एकअर्कासँग कुराकानी गर्न, खेल खेल्न, युटुबमा विभिन्‍न भिडियाेहरू हेर्न, गीत सुन्‍न, फाेटाे-भिडियाे खिच्‍न, आफूले नजानेकाे कुराहरू खाेजी गर्न आदि । यसका फाइदा मात्र हाेइन बेफाइदाहरू पनि छन् । माेबाइल फाेन धेरै प्रयाेग गऱ्याे भने स्वास्थ्यलाई हानी पुऱ्याउँछ । जस्तै ः टाउकाे दुख्‍ने, आँखा कमजाेर हुने, साेच्‍ने शक्ति कम हुने जस्ता समस्याहरू देखा पर्छन् ।