Logo

Student Corner

स्थलगत अध्ययन भ्रमण

Written by: Grishma Gurung - 2025006, Grade VI

Posted on: 11 March, 2020

 मिति २०७६ साल फागुन १२ गते साेमबारका दिन हामी कक्षा ६ र ७ का विद्यार्थीहरू स्थलगत अध्ययन भ्रमणका लागि स्वयम्भुस्थित प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय गयाैँ । हामीसँग हाम्राे साथमा लक्ष्मण शिक्षक र स्मृति शिक्षिका पनि जानुभएकाे थियाे   हामी विद्यालयबाट करिब बिहानकाे ९.३० बजे हिडेका थियाैैैैैैँ । करिब १० बजेर २० मिनेट जाँदा हामी सबै जना स्वयम्भु पुग्याैँ । त्यहाँ धेरै जनावरहरू जस्तै बाँदर, कुकुर आदि थिए । त्यस ठाउँमा भएका विविध सामग्रीहरू चिनाएर अवलाेकन गर्न हामीलाई हाम्रा शिक्षकले भन्नुभयाे । वहाँले हामी  सबैलाई जीवजन्तुहरू खोजेर लेख भन्नुभयो र हामी सबैजना एकआपसमा कुरा गर्‍याैँ । हामीले त्यस ठाउँमा भित्तामा सजाइएका विभिन्न प्रकारका चिज जस्तै बाघको टाउको, बाँदरको टाउको, बाघको छाला,मृगकाे छाला देख्यौँ । हामीले राजा सर्प र अरू विभिन्न प्रकारका सर्पहरू देख्याैँ । हामीले त्यहाँ मुसा, चराहरू सर्प आदि देख्याैँ ।  हामीले किराहरू पनि देख्याैँ । जस्तैः साङ्ला पुतली र अरू डरलाग्दा किराहरूकाे पनि अवलाेकन गर्‍याैँ । हामीले घिस्रेर हिड्ने जनावरलाई पनि देख्याैँ जस्तै - गोही,सर्प कछुवा आदि । ती जनावरहरू पाउनलाई घेरै गाह्राे छ तिनीहरू डरलाग्दा पनि थिए । हामीले भालु जरायाे जस्ता जनावरहरूकाे पनि अवलाेकन गर्‍याैँ । हामीले शिक्षकलाई  हामीले लेखेकाे कागज दियाैँ । त्यसपछि समूहमा फाेटाे खिच्याैँ । हामी सबैजना एकसाथ खाजा खायाैँ र करिब १ बजे विद्यालय फर्क्याैँ । हाम्राे यस स्थलगत अवलाेकन भ्रमण धेरै ज्ञानबर्धक र स्मरणीय रह्याे ।