Logo

Student Corner

समानता

Written by: Suphiyana Ghimire - 27016, Grade VIII

Posted on: 10 January, 2023

नेपाल सांस्कृतिक विविधतामा एक भएकाे शान्त देश हो । यो तीन भौगोलिक क्षेत्रहरूमा विभाजित गरिएको छ: हिमालय, पहाडी र तराई क्षेत्र । विश्वको उच्च शिखर सगरमाथा पनि यस देशमा छ । यो देश विभिन्न  प्राणीहरू र वनस्पतिहरूले भरिएको छ तर यसको मतलब यो होइन कि नेपाल राम्रा चिजले भरिएको छ। यो देशमा पनि खराब चीजहरू छन्  । धामी झाक्रीजस्ता अन्धविश्वास गर्ने जुन यस देशको अविकसित हुनु मुख्य कारण हो। हाम्रो देश अविकसित छ र यस समस्याबाट बच्न हामी सबैले धामीझाक्रीले कुनै पनि रोगको राम्ररी उपचार गर्न सक्दैन भन्ने मान्यतालाईचिर्नुपर्छ । ।  जागरूकता कार्यक्रम गर्नुपर्दछ र सकारात्मक सोचाइ राख्नुपर्दछ कि हामी सबैको रातो रगत छ, हाम्रो जाति तल्लो र माथिल्लो भनेर मानिसलाई छुट्याउनका लागि बनाएको होइन । यो फरक संस्कृतिलाई चिनाउनको लागि बनाइएको हो । हाम्रो देशलाई उत्तम स्थानमा परिवर्तन गर्ने एक मात्र उत्तम तरिका भनेको सकारात्मक सोच हो र यदि प्रत्येक व्यक्तिको सकारात्मक सोच छ भने एउटा देश भगवान बुद्धले भरिएको ठाउँमा परिवर्तन हुन सक्छ। तर सबै मानिसको सोच देश अथवा अरू मानिसका राम्रोको लागि हुन सक्दैन रहेछ ।

यसै देशको एउटा ठाउँमा जुम्ल्याहा केटीहरू जन्मिएका थिए। एउटी जुम्ल्याहाको नाम रीमा थियो भने अर्को नाम सीमा थियो। उनीहरू सानै हुँदा दुवैलाई उनीहरूका परिवारले धेरै माया र हेरचाह गर्थे। उनीहरूलाई त परिवार कै हिरा जसरी राख्थे । रुघाखोकी लागे पनि अस्पताल लगिहाल्थे। कपडाको त कुरै नगराैँ , दिनकै नयाँ नयाँ फेरिरहेका हुन्थे र विद्यालय पनि एकदमै राम्रो थियो तर उनीहरूको  अवस्था ठुलो भएपछि बदलिँदै गयो रीमा पढाइमा राम्री थिइन् र उनका आमा बुबाले प्रशंसा गर्थे तर सीमाको अवस्था त्यसको उल्टो थियो उनी खेलकुदमा बढी जान्ने र राम्री थिइन् तर उनको परिवारको सोचाइ अलि सानो थियो किनभने उनीहरूले ठान्थे कि पढाइ भनेको सबै कुरा हो यो खेल भनेको केही पनि होइन नि त्यसैले यसको बारेमा बिर्स ।  यसले तिमीलाई भविष्यमा केही पनि फाइदा दिँदैन यो सबै नचाहिने कुरा हो भन्दै उसलाई दिनकै गाली गर्थे तर यो सत्य होइन कि हामीले खेलहरू छनौट गरेर भविष्य प्राप्त गर्न सक्दैनौं  । उनी आफूलाई सधैं भन्थिन् दैनिक जब उनकी आमाले उनलाई गाली गर्छिन् । पढाइ र खेल दुवैमा उनले सक्दो राम्राे कोसिस गर्थिन् ।  यसरी नै उनी सधैँ प्रयास गरिरहन्थिन् र पढाइमा पनि राम्रो अङ्क ल्याउन थालिन् खेलकुदमा पनि राम्राे भएर ओलम्पिकमा चुनिइन् । अब त उनका आमाबुबालाई पनि पछुतो भयो त्यसैले उनीहरूले आफ्नो गल्तीको लागि आफ्नो छोरीसँग माफ मागे उनको  शुद्ध मन पनि थियो त्यसैले उसले आमा बुबालाई माफ गरिन् ।