Logo

Student Corner

सूर्य

Written by: Sadhvi Aryal - 29025, Grade VI

Posted on: 10 January, 2023

ताताे  न ताताे गाेलाे र राताे चम्किलाे छ सूर्य
कहिले पाेल्ने कहिले न्यानाे अमूल्य छ सूर्य 
आकाशमा गाेलाे के हाेला सधैँ चमक्क चम्कने
सूर्यकाे राप ताप हुनाले सबै हुन् गम्कने ।

ताताे न ताताे के हाेला साथी सुन्तला रङकाे
दुख र पीडा सबै भुलाउने मानव मनकाे 
एकछिन हेर्छु आँखा नै पाेल्छ के हाेला त्यस्ताे त्याे
सूर्य न राम्राे सबैकाे साथी साह्रै नै चम्किलाे ।

पृथ्वीभर उज्यालाे दिने सहारा सबैकाे
सबैलाई दिन्छ  एकनासकाे माया भेद छैन कसैकाे 
ताताे नि दिन्छ बाेट र प्राणी पृथ्वीभरमा
सूर्यकै छानाे सूर्यकै टुकी सबैका घरमा

सूर्यकै भरमा पृथ्वीवासी सबै छन् बाँचेका
सूर्यकै आडमा सूर्यकै भरमा सबै छन् नाचेका
सूर्य छ र त हामी सबै छाैँ पृथ्वीलाेकमा 
सूर्य नभए हुने छ कष्ट पर्ने छाैँ शाेकमा ।