Logo

Student Corner

मलाई मन पर्ने किताब

Written by: Raj Manandhar - 31023, Grade IV

Posted on: 10 January, 2023

मलाई मन पर्ने किताब 
मैले धेरै किताबहरू पढिसकेको छु । त्यसमध्ये सबैभन्दा मलाई मन परेको पुस्तक ‘काेला जसले सक्छ’ हो । यो एउटा रमाइलाे कथा हाे । याे किताब मैले कक्षा एकमा नै हुँदा पढेको थिएँ । यस कथामा एउटा काेला हुन्छ । जसको नाम केभिन हो । केभिन एउटा सानो पाण्डा जस्तै रूपमा बस्ने जनावर हो । केभिनलाई रूखमा मात्र बस्न मन पर्छ । उसलाई तल झर्न डर लाग्छ अरु जङ्गली जनावरहरूले खेल्न उसलाइ तल बोलाउँछन् तर ऊ तल झर्नै मान्दैन । केभिन रुखमै बस्छ । रुखैमा खान्छ । रुखमै खेल्छ र रुखमा नै सुत्छ । एक दिन एउटा चराले ऊ बस्ने हाँगा ठोकी दिन्छ बिस्तारै रुख तल झर्न थाल्छ । केभिन तल खस्छ । त्यसपछि केभिनलाई जङ्गलका अरु जनावरहरू आएर सहयोग गर्छन् । केभिन साथीहरूसँग अब तल खेल्न र बस्न थाल्छ उसलाई तल साथीहरूसँग खेल्दा कति धेरै मज्जा हुँदो रहेछ भनेर थाहा पाउँछ ।