Logo

Student Corner

जीवनमा प्रयाशको महत्त्व

Written by: Paurakh Raj Pandey - 24025, Grade XI

Posted on: 09 January, 2023

जीवनमा प्रयाशको महत्त्व

जीवनमा सफल हुनका निम्ति धेरैले वर्षौसम्म काेसिस गरेर पनि केही हासिल गर्न सक्दैनन् ।  उनीहरूको असफलताको कारण धेरै छन् । तीमध्ये महत्त्वपूर्ण कुरा भनेकाे प्रयास । हामीले जीवनमा प्रयास नगरेर धेरै दुख भोग्नुपर्छ । धेरै अवसर पाए तापनि विभिन्न कारणहरूले गर्दा हामीले त्यसको उपयोग गर्न सक्दैनौँ । प्रयासविना नै जीवनमा सफल हुन चाहने पनि धेरै छन् । उनीहरूलाई सबै कुरा अगाडि नै चाहिन्छ । तर कुनै पनि कुरा त्यतिकै पाइँदैन, जबसम्म हामी आफ्नो पूर्ण मन र समय लगाएर त्यसलाई पाउने प्रयास गर्दैनाैँ । जीवनमा  सबै  कुराको मूल्य । मूल्य नचुकाएसम्म त्यो पाउन सकिँदैन ।  
हामी सबै जना त्यस्तै छाैँ; जहिले पनि काम गर्न नखोज्ने र यतिकै बसेर हरेक कुरा हासिल गर्न खोज्ने  । मानसहरू त्यसै क्रममा धेरै समय यतिकै बिताइरहन्छाैँ । जब हामीलाई हाम्रो गल्ती थाह हुन्छ तब हामी केही गर्न सक्दैनौँ । हामीसँग केही उपाय नै हुँदैन मात्र आफ्नो भाग्य अथवा अरू केहीमाथि आरोप लगाएर मनको सन्तुष्टि प्राप्त गर्न खाेज्छाैँ । मानिसकाे स्वभाव भनेकाे आफ्नो गल्ती स्वीकार गर्ने होइन क्यारे? हुन यो  पनि एउटा कारण हो जसले गर्दा हामी धेरै कुरामा पछाडि परेका छौँ । आफ्नो गल्ती स्वीकार गरी त्यसलाई सुधार्नु सबैभन्दा ठुलो कुरा हो । आजका मानिस काेसिस र आफ्नो गल्ती स्वीकार नगरेकै कारण असफल भएका छन् । 
भगवान श्रीकृष्णले गीतामा उपदेश दिएअनुसार हामीले कर्म गर्नुपर्छ तर फलको चिन्ता गर्नु हुँदैन । हुनत अहिलेको समयमा मान्छेले कर्म नै आफ्नो राम्रै गर्न सकेका छैनन् । त्यसमाथि निःस्वार्थ कर्म भनेको त अनौठो कुरा हाे । श्रीकृष्ण पनि हाम्रो पूर्वज हुन् र उनको कर्मले गर्दा नै उनी पूजनीय छन्।

जीवनमा प्रयास गर्दै गरेका मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन् । अहिले विश्वमा नाम भएका मानिसहररूले आफ्नो जीवनमा कहिले हार मानेनन् र जहिले पनि प्रयास गरिरहे । उनीहरूको प्रयास सफलतामा परिणत भयो । यदि उनीहरूले प्रयाश नगरेको भए र आफ्नो हार स्वीकार गरेको भए आज यति विकास अथवा परिवर्तन आउन सम्भव थिएन । त्यसैले हामीले जीवनमा कहिले पनि सजिलै हार मानेर पछि हट्नु हुँदैन ।  प्रयास नै सफलताको चाबी हो । यदि हामीले जीवनमा काेसिस निरन्तर गर्याैँ भने अवश्य पनि आफ्नो गन्तव्यमा पुग्नेछौँ।

प्रश्न यो उब्जिन्छ कि कसरी आफ्नो ध्यान केन्द्रित गरेर अगाडी बढ्ने त ? तर प्रश्नसँगै उत्तर लुकेको देखिन्छ । हामीले आफ्नो अपेक्षालाई आफ्नो कर्म र गन्तव्यको बाटोमा ल्याउनबाट वञ्चित गर्न सक्नुपर्छ । यदि हामीले हिम्मत तथा विश्वास राखेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ भने अवश्य पनि केही असम्भव छैन । यो विश्वमा केही पनि गर्न असम्भव छैन तर गर्नका निम्ति प्रयास र दृढ निश्चय आवश्यक छ । यदि हामीले आफूमाथि विश्वास राखेनौँ भने केही पनि गर्न सक्दैनौँ । त्यसैले जीवनमा प्रयास गरिराख्न र आफूमाथि विश्वास गर्न अति आवश्यक छ । हरेक अवसरसँग चुनौती र हरेक चुनौतीसँग अवसर परस्पर आउने गर्दछ । हामीले यदि प्रयास गरिराख्याैँ भने ती सबै चुनौतीलाई पार गरेर अवसरको उपयोग गर्न सक्छौँ । अहिलेको समयमा यो कुरा बुझ्न अति आवश्यक रहेको देखिन्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी बुझेर आफ्नो कर्म गर्नै पर्छ अन्यथा उसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन ।