Logo

Student Corner

पर्यटनको महत्त्व

Written by: Sambid Dhakal - 30028, Grade V

Posted on: 09 January, 2023

पर्यटन भनेको घुमघाम हाे। घुमघाम गर्ने मानिसलाई पर्यटक भनिन्छ। मानिसहरू विभिन्न कुरा सिक्नका लागि,विभिन्न ठाउँ घुम्नका लागि, ज्ञान आर्जन गर्नका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा घुम्न जान्छन्। यसरी मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा अथवा  एउटा देशबाट अर्को देशमा घुम्नेलाई पर्यटक भनिन्छ। यस आधारमा पर्यटक दुई प्रकारका हुन्छन्। 
१. आन्तरिक पर्यटक 
२. बाह्य पर्यटक                                    

१. आन्तरिक पर्यटक
आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा  घुमेर   आनन्द लिनुलाई आन्तरिक पर्यटक भनिन्छ। आन्तरिक  पर्यटकको धेरै महत्त्व रहेको छ। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा घुम्दा आफ्नो देशका धेरै ठाउँहरूको संस्कृतिको बारेमा थाहा हुन्छ। स्थानीयस्तरमा कृषकहरू अन्य उद्यमीहरूको व्यापार-व्यवसाय राम्रो हुन्छ। यसका साथै होटल  व्यवसायहरू पनि फस्टाउँदै जान्छन्। आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा घुम्दा त्यो ठाउँमा कुन काम गर्दा रहेछन्, यहाँका मानिसहरूको संस्कृति के रहेछ, लवाइखवाइ केछ, रहनसहन के कस्तो छ भन्ने कुरा समेत थाहा हुन्छ । यसका साथै देशको संस्कृति भूगोल इतिहास इत्यादी धेरै कुराहरूको बारेमा पनि थाहा पाउँन सकिन्छ, त्यसैले आन्तरिक पर्यटकको धेरै महत्व रहेको छ।

२. बाह्य पर्यटक  
एउटा देशबाट अर्को देशमा घुम्न जाने कामलाई बाह्य पर्यटक भनिन्छ। एक देशबाट अर्को देशमा घुम्न जाँदा अझै धेरै रमाइलो हुन्छ । आफू घुमेको देशको संस्कृति, रहनसहन, चालचलन, उनीहरूको देशको विकास लगायतका धेरै कुराहरू थाहा पाउँन सकिन्छ, र आफ्नो देशको बारेमा पनि परिचय दिन सकिन्छ। यस बाह्य पर्यटनका कारण आफ्नो दिमागलाई ताजा बनाउन सकिन्छ भने धेरै मनोरञ्जन पनि लिन सकिन्छ। घुमघामको क्रममा केही व्यापार पनि गर्न सकिन्छ।  आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटक निकै खर्चिलो हुनुपर्छ । कमजोर तथा आर्थिक अवस्थाका मानिसलाई बाह्य पर्यटनमा जान निकै गाह्रो हुन्छ। तर कलिला मानिसलाई  केही पनि गाह्रो हुँदैन।

मानिस जिज्ञासु प्राणी भएको हुनाले, उसले धेरै कुरा जान्न, बुझ्न साथसाथै मनोरञ्जन लिन पनि चाहन्छ। र उसले  यी सबै कुराहरू पर्यटनबाट पनि प्राप्त गर्न चाहन्छ। पर्यटनका कारण  देश पनि विकास हुन्छ र हामीलाई  देश र पृथ्वीको बारेमा पनि धेरै जानकारी मिल्छ। यही पर्यटनका कारण  विश्वमा धेरै रचना र कृतिहरू उब्जिएका छन्। यतिमात्र हाेइन पर्यटनका कारण  होटल र  रेष्टुरेन्टमा पनि व्यापार फस्टाइरहेका छन्।