Logo

Student Corner

माेबाइल

Written by: Uddhati Bhattarai - 32040, Grade III

Posted on: 09 January, 2023

सूचना प्राविधिक साधनहरू मध्ये सबैभन्दा बढी प्रयाेगमा आएकाे माेबाइल नै हाे । आजकल सबैजसाेकाे हातमा एउटा माेबाइल हुन्छ । सुरु सुरुमा माेबाइलबाट फाेन मात्रै गर्न मिल्थ्याे । तर प्रविधिकाे विकाससँगै अचेल माेबाइलबाट धेरै कुरा गर्न सकिन्छ । फाेटाे खिच्‍न, समाचार सुन्‍न, मन परेकाे सङ्गीत सुन्‍न, चलचित्र हेर्न, आफ्ना गतिविधिहरूकाे अभिलेख राखेर साथीभाइ, आफन्तहरूलाई देखाउन आदि कार्यहरू माेबाइलबाट हुने  कामहरू हुन् । काेभिड-१९ काे बेला माेबाइल कै कारण अनलाइन पठनपाठन सम्भव भएकाे हाे । याे साधन सजिलाे छ, भरपर्दाे छ,आफूले चाहेकाे मुल्य अनुसारकाे पाइन्छ र धेरै थरी उपकरणहरूले गर्ने काम एक्लैले गर्छ । त्यसैले माेबाइल सबैकाे प्याराे साथी भएकाे छ ।