Logo

Student Corner

प्रश्नकाे जवाफ

Written by: Nishan Shrestha - 25008, Grade X

Posted on: 23 December, 2022

आखिर के हो समय ?
भूत , वर्तमान  र  भविष्यत् 
कि जीवनलाई चलाउने जीवन चक्र ?
प्रश्नको जबाफ हामी मानवभित्र
सधैँ उठिरहने ……

आखिर के हो जीवन ?
सास फेर्नु र छोड्नु मात्र 
कि सफलताको शिखर छुनु 
प्रश्नको जबाफ सधैँ हामीभित्र …….

आखिर के हो सफलता ?
पैसा र धन कमाउनु 
कि जिन्दगीको लक्ष्यलाई समात्नु 
प्रश्नको जबाफ सधैँ म भित्र……

आखिर के हो लक्ष्य ?
डाक्टर, इन्जिनियर वा यस्तै यस्तै…….
कि आफूलाई मनपर्ने पेसा 
प्रश्नको जबाफ सबैलाई सधैँ भरि ……